राप्ती सोनारी गाउँपालिका-६ स्थित पोडी खोल्ने क्रममा डुबेर २ जनाको मृत्यु
Saturday Oct 03, 2020
वि.सं.२०७७ असोज १७ शनिवार २१:३०

बाँके। राप्ती सोनारी गाउँपालिका-६ स्थित नाग्राफल झरना नजिकैको तलाउमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपालगंज उपमहानगरपालिका-९ बाँकेगाउँ बस्ने १६ वर्षीय शिव शंकर सुक्ला र सोही ठाउँ बस्ने १५ वर्षीय बिनोद बर्मा रहेका छन् । डुबेर अशक्त भएका दुवै जनाको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उनीहरुसँगै पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका सोही ठाउँ बस्ने १६ वर्षीय रोहित बर्माको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
























