मुख्य खबर

प्रदेश ५ : पेलेरै जाने रणनीतिमा नेकपा

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन १९ गते, सोमबार १९:१७ मा प्रकाशित

 वुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामका विषय टुङ्गो लगाउन बसेको वैठक विपक्षी दलको प्रदेशसभा सदस्यहरुले विरोधका बीच बसिरहेको छ । प्रदेशसभा वैठकमा प्रमुख प्रतिपक्षी दलले विरोध जनाईरहेको छ । भने सत्तारुढ दलका केही सांसदहरुले पनि प्रदेश राजधानीको विषयमा असहमति जनाएका छन् । तथापी पेलेरै जाने रणनीतिअनुरुप सत्तारुढ दलले वैठकलाई अगाडी बढाईरहेको छ । कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिएका थिए ।
जसअनुसार कानुनमन्त्री केसीले प्रस्ताव छलफलका लागि पेश गरिसकेका छन् । यसबीचमा नेपाली कांग्रेसका प्रदेशसभासदस्यहरुले केही कुर्ची तोडफोड समेत गरेका छन् । र, अहिले पनि नाराबाजी लगाईरहेका छन् । नेपाली कांग्रेसका प्रदेशसभासदस्यहरुले अवरोध गरेपनि वैठक चलिरहेको छ । प्रदेशको स्थायी राजधानी र नाम लुम्विनी राख्ने गरी प्रस्ताव भएको थियो । प्रदेशको स्थायी राजधानीको नाम तोकिएपनि वुटवलमा आन्दोलनले उग्र रुप लिदै गईरहेको छ ।