बैंकिङ कसुर मुद्दाका फरार रिमाललाई बिहीबार प्रहरीले पक्राउ
Thursday Oct 08, 2020
वि.सं.२०७७ असोज २२ बिहीवार २०:४६

ललितपुर। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने ३५ वर्षीय बिजयन्द्र रिमाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७६ माघ २२ गतेको फैसलाले उक्त मुद्दामा ५ दिन कैद र २२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका रिमाललाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट फेला पारी पक्राउ गरेको हो ।
रिमाललाई कैद तथा जरिवना अशुलीका लागि जिल्ला अदालत ललितपुर पठाइएको उक्त परिसरले जनाएको छ ।
























