CG Electronics
IME Life
NIMB

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
कोरोना भाईरसको माहामारीको बीचमा पनि महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु गोप्य ढङ्गले खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

उपत्यकाका नयाँ बसपार्क, ठमेल, लाछिटोल, बोडे, सुर्यविनायक, बसुन्धारा, वनस्थली, नयाँ बानेश्‍वर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँबसपार्क, ज्ञानेश्वर, ईमाडोल, जडिबुटी, बनकाली, जोरपाटी र पुतलिसडकलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनिलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जिम्मा लगाउनु भएको हो ।

“एकान्त ठाउँको पार्किङ्ग स्थल, घरको गेट बाहिर, अस्पताल लगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ्ग गरेको भनि लापारवाही वा असुरक्षित पार्किङ्ग गरेर मोटरसाईकलहरू बढी चोरी भएको देखिन्छ ।’’ महाशाखाका प्रमुख भिम ढकालले भन्नुभयो स् ‘चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा ीयकत ख्भजष्अभि ब्उउष्अिबतष्यल मा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको छ ।’

उहाँले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न र एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिनुभयो ।

आज बम बहादुर बिश्‍वकर्मा, रिना मगर, पवन राई, बासुदेव पोखरेल, राजु तामाङ, अप्सरा खत्री, बिकाश काररञ्जि, सुरज राम श्रेष्‍ठ, केशव अधिकारी, राम विक्रम सिजापती, जयराम प्रसाद कुशवाह, कुमार बोगटी, ईन्द्र कुमार सुनुवार, अनिता सुवाल, जा। बज्राचार्य, पुर्णमाया पाख्रिन, निरज पाण्डे, धनविर योञ्जन, मिना के।सी।, शिव शंकर श्रेष्‍ठ, कृष्ण बुढाथोकी, राम कुमारी श्रेष्‍ठ, रामानन्द शाह, सुजन सैजु, भुनिमा तामाङ्ग र लेखनाथ भुसालका मोटरसाईकलहरु जिम्मा लगाएको हो ।

महाशाखाले यस आ.व. ०७६र०७७ मा मात्रै चोरी भएका ३२५ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाएको थियो भने लकडाउनदेखि हालसम्म अवधिमा पनि ६४ वटा मोटरसाईकल खोजतलास गरी सम्बन्धित धनिलाई बुझाईसकेको छ ।

 

प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, प्रमुख महानगरीय ट्राफिक प्रहरी महाशाखा(९८५१०७३४४८

विभिन्न मितिमा चोरी भई फेला परी धनि जिम्मा लगाउन तयार गरिएको मो.सा.
सि.नं पक्राउ नं. बास्तबिक नं. प्रकार निवेदक हराएको मिति हराएको स्थान फेला परेको स्थान

१. बा८२प९१७६ बा८८प८४८ पल्सर २२० बम बहादुर बिश्‍वकर्मा २०७५र१०र२४ नयाँ बसपार्क दरवारमार्ग

२. बा५६प३८२४ सोही रेजेट रिना मगर २०७६र०४र०६ ठमेल मनमैजु

३. नम्बर प्लेट नभएको को३९प२४३ रोएल ईन्फिल पवन राई २०७७र०४र०४ बोडे भक्तपुर गैरीधारा

४. बा६७प३६४८ सोही च्ज्ञछ बासुदेव पोखरेल २०७५र०४र१२ बसुन्धारा कान्तिबाल अस्पताल

५. बा९१प६३७९ सोही एभिएटर राजु तामाङ २०७७र०३र१५ वनस्थली स्वयम्भु

६. बा९८प९२७३ बा९७प४०९४ भेष्पा अप्सरा खत्री २०७५र१०र१२ नयाँ बानेश्‍वर स्वयम्भु

७. बा३७प४६४१ सोही भि.आर. विकाश कारन्जित २०७६र११र१२ सानेपा जावलाखेल

८. बा९७प ३५१३ प्र३०२(०१२प ९६८५ पल्सर सुरज राम श्रेष्‍ठ २०७६र०९र०४ लाछिटोल भक्तपुर सुडाल भक्तपुर

९. प्र३०२,००१प ९१०३ प्र३०२,००२प ०२१२ पल्सर केशव अधिकारी २०७६र०१र१८ सुर्याबिनायक सुडाल भक्तपुर

१०. बा२३प ४१२१ सोही डिस्कभर राम बिक्रम सिजापती २०७६र११र१३ गौशाला सुडाल भक्तपुर

११. नंम्बर प्लेट नभएको प्र३०२,००१प ९१०३ पल्सर जयराम प्रसाद कुशवाह २०७६र०२र११ नक्साल सुडाल भक्तपुर

१२. बा५९प ८४८९ सोही डिओ कुमार बोगटी २०७६र०३र०७ ठमेल बालकोट

१३. बा४१प ४११८ सोही प्लेजर ईन्द्र कुमार सुनुवार २०७१र०९र१९ शान्तिनगर ठिमि

१४. बा७६प ९२५४ सोही डिओ अनिता सुवाल २०७७र०५र११ सामाखुसी सोह्रखुट्टे

१५. बा४०प ५७५० सोही पल्सर जा. बज्राचार्य २०७०र०९र१३ छाउनी सोह्रखुट्टे

१६. बा७७प ४६४२ सोही डिओ पुर्णमाया पाख्रिन २०७७र०३र२० बालाजु सोह्रखुट्टे

१७. बा६४प ७८२ सोही एभिएटर निरज पाण्डे २०७६र०८र१३ लैनचौर बालाजु

१८. बा८९प ३४४६ प्र३०२,००८प २६१४ पल्सर धनविर योञ्जन २०७७र०६र०९ सुर्यबिनायक सोह्रखुट्टे

१९. बा४४प ३३०१ सोही डिओ मिना के.सी. २०७०र०८र०६ ग्यानेश्‍वर बल्खु

२०. बा३२प७२८६ सोही एफजेठएस शिव शंकर श्रेष्‍ठ २०७७र०३र१६ खुमलटार बालकुमारी

२१. बा८२प७१५९ सोही पल्सर कृष्ण बुढाथोकी २०७७र०४र२८ ईमाडोल गोकर्ण

२२. बा४८प ७५४८ सोही डिओ राम कुमारी श्रेष्‍ठ २०७७र०३र३० जडिबुटी सुकेधारा

२३. बा४४प५२३६ सोही प्लेजर रामानन्द शाह २०७६र११र२३ बनकाली दरवारमर्ग

२४. नं। प्लेट नबुझिएको बा५८प६५५५ पल्सर सुजन सैजु २०७६र१०र१७ जोरपाटी कपन

२५. बा५३प ५७३१ सोही डिस्कोभर लेखनाथ भुसाल २०७६र०८र०२ पुतलिसडक जावलाखेल

२६. प्र३(०२,०१४प ३१८१ सोही बुलेट भुनिमा तामाङ्ग २०७७र०५र१६ नयाँ बसपार्क नयाँ बसपार्क

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...