CG Electronics
IME Life
NIMB

अमेरिकाका महाबाणिज्यदूत तथा बाणिज्यदूतहरुको हेरफेर,प्रेमराजा महत लगायतको कार्यकाल थप ४ बर्ष

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

अमेरिका ,डिसी । अमेरिकाका लागि नेपाल सरकारका विभिन्न राज्यहरुमा रहेका महाबाणिज्यदूत तथा बाणिज्यदूतहरुको हेरफेर भएको छ । गत २०७७ साल असोज १९ गते बसेको मन्त्रि परिषदले उक्त निर्णय गरेको हो ।

उक्त निर्णयको संक्षिप्त विवरण गत बुधबार साँझ प्रकाशित भएको हो । मन्त्रि परिषदले अवैतनिक रुपमा काम गर्दै आएका अमेरिका लगायत बिश्वका विभिन्न मुलुकमा रहेका महाबाणिज्यदूत तथा बाणिज्यदूतलाई हेरफेर गरेको छ ।

अवैतनिक बाणिज्यदूत सम्बन्धि ९पाँचौ संसोधन०नियमावली ,२०३९ मा भएको व्यवस्था बमोजिम उक्त निर्णय मन्त्रिपरिषदले गरेको परराष्ट्र मन्त्रालयले उक्त विवरण दिएको छ ।

अमेरिकाका विभिन्न राज्यमा महाबाणिज्यदूत तथा बाणिज्यदूतको रुपमा काम गर्दै आएका विभिन्न व्यक्तित्वहरु मध्ये अमेरिकाको मेरिल्याण्ड राज्यमा अवैतनिक महाबाणिज्यदूत पदमा कार्यरत प्रेम राजा महतलाई ४ बर्ष अर्को कार्यकालको लागि थप गर्ने निर्णय गरेको छ ।

साथै अमेरिकाको इलोनोइस राज्यका लागि अवैतनिक महाबाणिज्यदूत पदमा कार्यरत मरभिन ए ब्रसटिन,हवाईमा कार्यरत अवैतनिक बाणिज्यदूत मेरी सी क्यारोल ,ओहायो राज्यमा कार्यरत अवैतनिक महाबाणिज्यदूत डा विलियम सि क्यासेललाई थप ४ वर्ष कार्यकालको लागि नियुक्ति गरिएको छ ।

यसै गरि वाशिंगटनको सियाटलमा अवैतनिक बाणिज्यदूत पदमा कार्यरत एसी शेर्पालाई पनि थप ४ बर्ष कार्यकाल थप्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । अमेरिकामा कार्यरत अन्य अवैतनिक बाणिज्यदूत तथा महाबाणिज्यदूतहरुको कार्यकाल भने थपिएको छैन । उनीहरुको कार्यकाल अहिलेको लागि समाप्त भएको छ ।

मेरिल्याण्ड राज्यका महाबाणिज्यदूत पदमा कार्यरत महतले पुन स्सेवा गर्ने अवसर दिएकोमा नेपाल सरकार तथा मन्त्रि परिषदलाई धन्यबाद दिएका छन ।

 

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...