CG Electronics
IME Life
NIMB

अन्जानलाई जिताउन निर्यात ब्यबसायी मैदानमा उत्रिए,यस्ता छन् योजना

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपाल (एफईईन)ले नेपाल उद्योग बाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको टिमलाई भव्य स्वागत गरेको छ । निर्यात व्यवसायीहरुको नीतिगत आवाज उठाउने संस्थाको रुपमा गठित सो संस्थाले महासंघ वरिष्ठ उपाध्यक्ष किशोर श्रेष्ठ प्यानलका वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठ तथा उनको टिमलाई भव्य स्वागत गर्दै शुभकामना दिएको छ ।

राजधानीमा आयोजित स्वागत तथा शुभकामना कार्यक्रममा निर्यात व्यवसायी महासंघका अध्यक्ष तथा प्रदेश सांसद राम बहादुर गुरुङ्गले आगामी अध्यक्ष शेखर गोल्छाको लागि उपयुक्त र ससक्त टिम चाहिने भन्दै अन्जन र उनको टिमलाई अत्यधिक बहुमतले जिताउन र भोट दिन सबैसँग अनुरोध गरेका छन् ।

अध्यक्ष गुरुङ्गले निजी क्षेत्रलाई सरकारले प्रयोग मात्र गरेको तर सहयोग नगरेको भन्दै आगामी नेतृत्वले निजी क्षेत्रलाई ससक्तरुपमा अगाडि बढाउनुपर्ने बताए ।

त्यसैगरि संस्थाका उपाध्यक्ष शंकर पाण्डेले फिनलाई सहयोगी संस्थाको रुपमा लिनुपर्ने र यसले महासंघसँग नै सहकार्य गरेर अगाडि जाने बताए । उनले नयाँ नेतृत्व “प्रोएक्टिभ” हुनुपर्ने भन्दै निर्यात व्यवसायलाई जोड दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै संस्थाका अर्का उपाध्यक्ष चण्डि अर्यालले रेमिट्यान्सले मात्र देशको अर्थतन्त्र धान्न नसक्ने भन्दै देशभित्रै निर्यातजन्य उद्योग संचालनको वातावरण बनाउनुपर्ने बताए ।

महासंघको निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठले सरकारी नीतिगत अस्पष्टता हुँदा उद्योग व्यवसायलाई चुनौती थपिएको भन्दै स्पष्ट र दिर्घकालिन नीतिका लागि आफूले काम गर्ने बताए । उनले आफ्नो उद्योग व्यवसायको अनुभव सुनाउँदै श्रेष्ठले भने “व्यवसायी र निजी क्षेत्रको लगानीमा सरकारी नीतिले सुनिश्चित गर्नुपर्ने वातावरण बनाउन गोल्छा, प्रधान , म अनि ज्योती जीको समुहले सशक्त भूमिका निभाउने छ ।”

आगामी दिनमा देशभित्र रोजगार सिर्जना गर्न र उद्योगमैत्री वातावरण बनाउनका लागि नै ससक्त वस्तुगत तर्फको नेतृत्व हुनुपर्ने र त्यो आफुले गर्न सक्ने भन्दै आफूलाई बिजयी गर्न श्रेष्ठले अनुरोध गरे ।
कार्यक्रममा वर्तमान जिल्ला नगरतर्फका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानले केहि स्वार्थी व्यवसायीहरुका कारण अन्य व्यवसायीहरुले दुख पाउँदै आएको भन्दै आफ्नो उम्मेदवारीले त्यस्तो स्वार्थलाई निर्मुल गर्ने बताए ।

“केहि व्यवसायीहरुले व्यक्तिगत स्वार्थको लागि नीतिगत भ्रष्टाचार गरिरहेका छन्, जसले गर्दा अन्य सबै उद्योगी व्यवसायीहरुलाई असर पारेको छ,” प्रधानले भने, “त्यसको ससक्त विरोध गर्नुपर्छ ।” वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार प्रधानले भने । उनले आगामी दिनमा गुणस्तरसहितको व्यवसायिक गतिविधि र कामहरु गर्नुपर्ने भन्दै उद्योगी व्यवसायीको हकहितका लागि असल काम गर्दा सरकार बाधक भएपनि अगाडि बढ्ने प्रधानको भनाई थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष एवं भावी अध्यक्ष शेखर गोल्छाले आफ्नो अहिलेको ३ वर्षको वरिष्ठ उपाध्यक्षको कार्यकालमा महासंघको नेतृत्वलाई केहि पूर्व अध्यक्षले चेतावनी दिने गरेकाले कामगर्न समस्या पार्दै आएको अनुभव व्यक्त गरे । उनले आफूले गएको ३ वर्षमा भोगेको नमिठो अनुभवलाई आगामी दिनमा चिर्न र सुधार्नका लागि पनि आफ्नो टिम चाहिने भएकाले वस्तुगत तर्फका उपाध्यक्ष अन्जन श्रेष्ठ र उनको टिमका लाई जिताउन अनुरोध गरे ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले कोभिड १९ का कारण देशभरीका उद्योग व्यवसाय धरासायी भएको भन्दै त्यसलाई उठाउनुपर्ने चुनौती आफ्नो नेतृत्वमा रहेको बताए । “कोभिड १९ ले ल्याएको समस्या दिर्घकालिन हुने बताईएको छ र त्यो मेरालागि अवसर र चुनौती दुबैको रुपमा आएको छ, अवसरको रुपमा बदल्नका लागि ससक्त टिम चाहिन्छ र त्यो किशोर प्रधान समूहको टिमले गर्न सक्दछ,” वरिष्ठ उपाध्यक्ष गोल्छाले भने ।

नेपालको अर्थतन्त्र उच्च लागतसहितको भएको भन्दै त्यसलाई नघटाएसम्म निर्यात प्रतिस्पर्धी हुन नसक्ने भन्दै गोल्छाले नेपालको ब्राण्डिङ्ग गरेर उत्पादन बिक्री गर्ने वातावरण बनाउन आफ्नो टीम दत्तचित्त भएर लाग्ने बताए ।

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...