CG Electronics
IME Life
NIMB

कोरोनाको नयाँ खोपले झन्डै ९५ प्रतिशत सुरक्षा दिने,भ्याक्सिनलाई सामान्य फ्रिजमा भण्डार गर्न सकिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडाैं ।  विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको भयावह रूप देखिएका बेला यसलाई नियन्त्रण र रोकथामका लागि भइरहेका सुखद प्रयासहरू पनि सार्वजनिक भएका छन् । कोरोनाभाइरस नियन्त्रणका दिशामा संयुक्त राज्य अमेरिकास्थित एक कम्पनीले बनाएको खोपको प्रभावकारिता बढी देखिएको छ ।

 

कम्पनी मोडेर्नाले विकास गरेको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको अमेरिकी समाचार एजेन्सी सीएनएनले जनाएको छ । कम्पनीले २०७७ साल मंसिर १ गते तद्नुसार नोभेम्बर १८, २०२० मा सार्वजनिक गरेको तथ्यांकले खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको छ ।

‘यो पक्कै पनि धेरै नै उत्साहजनक नतिजा हो,’ सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसी भन्छन्, ‘यो ज्यादै राम्रो रूपमा पाइएको छ, साँच्चै ९४.५ प्रतिशत अपेक्षित रूपमा राम्रो छ ।’

मोडेर्ना कम्पनीले  नोभेम्बर १८, २०२० मा आफ्नो कोरोना खोपको परीक्षणका नतिजा सार्वजनिक गर्न पाउनु निकै ठूलो खुसीको दिन भएको बताएको छ । साथै अबको केही सातामै नियामक निकायसमक्ष यो खोपको अनुमोदनका लागि आवेदन दिनेसमेत बताएको छ ।

मोडेर्नाले आफ्नो खोपको तेस्रो चरणको परीक्षणका क्रममा ३० हजार मानिसहरूमा परीक्षण गरेको थियो । परीक्षणमा सहभागीमध्ये आधालाई चार साताको अन्तरमा खोपको दुई डोज दिइएको थियो । बाँकीलाई कोरोनाको खोप दिइएको थिएन ।

अध्ययनका क्रममा कोरोनाको लक्षण देखिएका सुरुवाती ९५ मध्ये कारोना खोप दिइएका केवल पाँच जना थिए । अन्य ९० जना मानिसहरू औषधि नराखिएको खोप दिइएका मानिसहरू थिए । कम्पनीले ९४ दशमलव ५ प्रतिशत मानिसलाई खोपले कोरोना संक्रमणबाट बचाउने बताएको छ ।

परीक्षणका क्रममा ११ जना मानिसमा कोरोनाका गम्भीर लक्षण देखिएको थियो । तर, गम्भीर लक्षण देखिनेमा खोप दिइएका मानिसहरू भने थिएनन् ।

यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो । रुसले विकास गरेको कोरोना खोप ‘स्पुतनिक भी’ पनि कोरोना भाइरसविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरिएको थियो ।

 

“यो खोप भण्डारण गर्दा माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म राख्न सकिने कम्पनीले जनाएको छ । सामान्य फ्रिजमा पनि एक महिनासम्म राख्न सकिने भएकाले धेरै पूर्वधार नभएको र थप खर्च गर्न नसक्ने नेपालजस्ता गरीब मुलुकका लागि समेत खुसीको खबर रहेको अध्येताहरूले बताएका छन् “

फाइजरले विकास गरेको खोपलाई माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने थियो।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...