nic bank
himalayan everesat
Nmb bank

कोरोनाको नयाँ खोपले झन्डै ९५ प्रतिशत सुरक्षा दिने,भ्याक्सिनलाई सामान्य फ्रिजमा भण्डार गर्न सकिने

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडाैं ।  विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको भयावह रूप देखिएका बेला यसलाई नियन्त्रण र रोकथामका लागि भइरहेका सुखद प्रयासहरू पनि सार्वजनिक भएका छन् । कोरोनाभाइरस नियन्त्रणका दिशामा संयुक्त राज्य अमेरिकास्थित एक कम्पनीले बनाएको खोपको प्रभावकारिता बढी देखिएको छ ।

 

कम्पनी मोडेर्नाले विकास गरेको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको अमेरिकी समाचार एजेन्सी सीएनएनले जनाएको छ । कम्पनीले २०७७ साल मंसिर १ गते तद्नुसार नोभेम्बर १८, २०२० मा सार्वजनिक गरेको तथ्यांकले खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको छ ।

‘यो पक्कै पनि धेरै नै उत्साहजनक नतिजा हो,’ सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसी भन्छन्, ‘यो ज्यादै राम्रो रूपमा पाइएको छ, साँच्चै ९४.५ प्रतिशत अपेक्षित रूपमा राम्रो छ ।’

मोडेर्ना कम्पनीले  नोभेम्बर १८, २०२० मा आफ्नो कोरोना खोपको परीक्षणका नतिजा सार्वजनिक गर्न पाउनु निकै ठूलो खुसीको दिन भएको बताएको छ । साथै अबको केही सातामै नियामक निकायसमक्ष यो खोपको अनुमोदनका लागि आवेदन दिनेसमेत बताएको छ ।

मोडेर्नाले आफ्नो खोपको तेस्रो चरणको परीक्षणका क्रममा ३० हजार मानिसहरूमा परीक्षण गरेको थियो । परीक्षणमा सहभागीमध्ये आधालाई चार साताको अन्तरमा खोपको दुई डोज दिइएको थियो । बाँकीलाई कोरोनाको खोप दिइएको थिएन ।

अध्ययनका क्रममा कोरोनाको लक्षण देखिएका सुरुवाती ९५ मध्ये कारोना खोप दिइएका केवल पाँच जना थिए । अन्य ९० जना मानिसहरू औषधि नराखिएको खोप दिइएका मानिसहरू थिए । कम्पनीले ९४ दशमलव ५ प्रतिशत मानिसलाई खोपले कोरोना संक्रमणबाट बचाउने बताएको छ ।

परीक्षणका क्रममा ११ जना मानिसमा कोरोनाका गम्भीर लक्षण देखिएको थियो । तर, गम्भीर लक्षण देखिनेमा खोप दिइएका मानिसहरू भने थिएनन् ।

यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो । रुसले विकास गरेको कोरोना खोप ‘स्पुतनिक भी’ पनि कोरोना भाइरसविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरिएको थियो ।

 

“यो खोप भण्डारण गर्दा माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म राख्न सकिने कम्पनीले जनाएको छ । सामान्य फ्रिजमा पनि एक महिनासम्म राख्न सकिने भएकाले धेरै पूर्वधार नभएको र थप खर्च गर्न नसक्ने नेपालजस्ता गरीब मुलुकका लागि समेत खुसीको खबर रहेको अध्येताहरूले बताएका छन् “

फाइजरले विकास गरेको खोपलाई माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने थियो।

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:२६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छ : अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३५

अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली...

स्वदेशी उद्योगको विकासमार्फत अर्थतन्त्र अझै चलायमान बनाउन सकिन्छ : मन्त्री भण्डारी

स्वदेशी उद्योगको विकासमार्फत अर्थतन्त्र अझै चलायमान बनाउन...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३०

  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोमर भण्डारीले स्वदेशी उद्योगको विकासको...

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:४६

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान...

नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न कतार तयार

नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न कतार...

वि.सं.२०८१ वैशाख ५ बुधवार ११:०४

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद...

चीन–भारत–अमेरिका रणनीतिक त्रिकोण र नेपाल

चीन–भारत–अमेरिका रणनीतिक त्रिकोण र नेपाल

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:३५

  विश्व र एशियाली क्षेत्रमा चीनको प्रभावशाली उदयले अमेरिका भारतसँग...