सेञ्चुरी कमर्सियल बैंकले ल्यायो सहज खाता
Saturday Nov 21, 2020
वि.सं.२०७७ मंसिर ६ शनिवार ११:४५

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ल्यायो सहज खाता उक्त सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट सेवा शुरु गरेको छ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज बनाउने प्रयास स्वरुप ग्राहकवर्गहरुको सेवालाई ध्यानमा राखी उक्त दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको हो ।
यससँगै ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा उक्त खाता खोल्न सक्ने छन् । जसमा बैंकले वार्षिक ५।५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने छ ।
बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुदाँ डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिदैं उक्त बचत खाताहरुमा प्रबर्धनको निम्ति बढि ब्याजदर दिइएको हो ।
सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेञ्चुरी पे मार्फत वालेटको कारोबार समेत गर्न सकिनेछ । यस नयाँ सेवा मार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन ५ हजार रुपैयाँ बराबर क्यास लेस कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक एक लाखसम्म कारोबार गर्न सकिनेछ ।
सेञ्चुरी क्लीक एकाउन्टमा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक १५ लाख रुपैयाँसम्म कारोबार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको हो ।
























