CG Electronics
IME Life
NIMB

कुन बैंक बाट ऋण लिंदा कति फाइदा ? यी बैंक जसले सस्तो ब्याजमा ऋण दिन्छन्

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । केही दशक अगाडिसम्म पनि केही व्यवसाय गर्नुपर्यो वा सम्पत्ती खरिद गर्नुपर्यो भने चिनेजानेका, आफन्त तथा साहू महाजनसँग मात्र ऋण लिने चलन थियो । मानिसको जीवनशैलीमा आएको परिवर्तन, बदलिँदो अर्थव्यवस्था, बैंकिङ प्रणालीको विकास लगायत कारणले यस्तो प्रचलनमा परिवर्तन आएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू को संख्या र पहुँच बढेसँगै नेपालमा पनि व्यावसायीक तथा व्यक्तिगत प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरू बाट ऋण लिने प्रचलन बढ्दै गएको । आफ्नो आम्दानी तथा पूँजीले मात्र व्यवसाय गर्न पर्याप्त नहुने भएकाले साना व्यापारीदेखि ठूला व्यावसायी समेत ऋण लिन बैंकमा जाने गर्छन ।

पछिल्लो एक वर्षमा बैंकको ब्याजदर औसतमा करिब २ प्रतिशतले घटेको छ । गत वर्षको असोजसम्म बैंकहरू को औसत आधारदर ९।५१ रहेकोमा अहिले घटेर ७।७१ मा आएको छ । अहिले सबै बैंकहरूको आधारदर ९ प्रतिशतभन्दा कम रहेको छ ।

मानिसहरूले घरजग्गा, सवारीसाधन खरिद गर्न, सेयरमा लगानी गर्नदेखि अन्तर्राष्ट्रिय स्तरका उद्योग संचालन गर्न ऋण लिने गर्छन् । यसले एकातिर व्यावसायीलाई आफ्नो उद्योगधन्दा विस्तारमा सहजता प्रदान गरेको छ भने अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाको कमाई बढाएको छ ।

तपाईं कुनैपनि व्यावसायीक वा व्यक्तिगत प्रयोजनको लागि बैंकबाट ऋण लिने सोचमा हुनुहुन्छ रु अथवा कुन बैंकमा सबैभन्दा सस्तो ब्याजदरमा ऋण पाइन्छ भन्ने थाहा नपाएर भौंतारिरहनु भएको छ रु तपाईंहरू को जिज्ञासालाई समेट्न सहज होस् भनेर हामीले २७ वटा वाणिज्य बैंकको आधारदरको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

कुन बैंकबाट ऋण लिदा सस्तो ब्याजमा पैसा पाइन्छ त रु यसको लागि बैंकहरू को आधार दर ९बेस रेट० कति छ भनेर हेर्नुपर्ने हुन्छ ।आधार दरले नै कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू बाट ऋण लिँदा सस्तो वा महँगो ब्याज तिर्नु पर्छ भन्ने निर्धारण गर्दछ ।

बैंकहरू ले ऋण लगानी गर्दा वित्तीय विवरणमा प्रकाशित गर्ने आधार दरभन्दा केही महँगो ब्याज लिन्छन् । यसमा उनीहरू ले केही प्रतिशत प्रिमियम जोडेर कर्जा लगानी गर्छन् ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाहरू ले आधार दरमा प्रिमियम थप गरेर कर्जा लगानी गर्न पाउने नीतिगत व्यवस्था गरेको छ । तर, आधार दरमा कतिसम्म प्रिमियम जोडर कर्जाको ब्याजदर कायम गर्ने भन्ने स्पष्ट तोकेको छैन् ।

बैंकहरू ले ऋण लगानी गर्दा कर्जाको प्रकृति अनुसार आफैंले प्रिमियम निर्धारण गर्ने गरेका छन् । अहिले बैंकहरू ले आधारदरमा कर्जाको प्रकृति अनुसार शून्यदेखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा लगानी गर्दै आएका छन् ।

विगतका वर्षहरू मा बैंकको आधारदर नै १२ प्रतिशतसम्म हुँदा त्यसमा प्रिमियम थप गरी कर्जा लगानीगर्दा बैंकहरू को ब्याजदर १७र१८ सम्म थियो । तर, पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ । जसका कारण अधिकांश बैंकहरू को आधारदर एकल अंकमा झरिसकेको छ भने भने कुल ब्याजदर नै अधिकतम १३र१४ प्रतिशतमा झरिसकेको छ । अहिले बैंकहरूले कर्जाको प्रकृति अनुसार न्यूनतम ६।५५ देखि १४ प्रतिशतसम्म ब्याजदरमा कर्जा लगानी गरेका छन् ।

पछिल्लो एक वर्षमा बैंकको ब्याजदर औसतमा करिब २ प्रतिशतले घटेको छ । गत वर्षको असोजसम्म बैंकहरू को औसत आधारदर ९।५१ रहेकोमा अहिले घटेर ७।७१ मा आएको छ । अहिले सबै बैंकहरू को आधारदर ९ प्रतिशतभन्दा कम रहेको छ ।

कुन बैंकबाट ऋण लिँदा ब्याजदर सस्तो रु

वाणिज्य बैंकहरू ले प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा कम आधार ब्याजदर पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । यसको आधार ब्याजदर ५।७४ प्रतिशत मात्र छ ।

बैंकले यो आधारदरमा न्यूनतम् १ प्रतिशतदेखि कर्जाको प्रकृति अनुसार थप प्रिमियम जोडेर कर्जा लगानी गर्दछ । वाणिज्य बैंकबाट न्यूनतम् साढे ६ प्रतिशत ब्यादजरमा ऋण पाउन सकिन्छ । बेसरेटका आधारमा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा सस्तो ब्याजदरमा ऋण दिने बैंक हो ।

राष्ट्रिय वाणिज्य बैंकपछि सस्तो ब्याजदरमा ऋण दिने बैंकहरू मा आक्रमक लगानी विस्तार गर्दै आएको एनआइसी एशिया बैंक रहेको छ । यसका आधार ब्याजदर ६।५० प्रतिशत रहेको छ । एनआइसीले एक वर्षमा यस्तो ब्याजदर ३ प्रतिशतले घटाएको छ । गत वर्ष सोही अवधिमा एनआइसीको आधारदर ९।५१ प्रतिशत रहेको थियो ।

यस्तै, स्ट्यान्डर्ड चार्टर, नबिल र सरकारी लगानीकै नेपाल बैंकको बेसरेट पनि ७ प्रतिश भन्दा कम रहेको छ । यिनीहरू को बेसरेट क्रमशः ६।६१, ६।६८ र ६।८१ प्रतिशत रहेको छ ।

यस्तै, ९ बैंकको आधारदर ७ देखि ८ प्रतिशतको बीचमा रहेको छ । एभरेष्ट, हिमालयन, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, प्रभु, बैंक अफ काठमाण्डू, सानिमा र सनराइज बैंकको बेसरेट ७ देखि ८ प्रतिशतको बीचमा रहेको छ । यी बैंकहरू पनि तुलनात्मक रुपमा सस्तो ब्याजदरमा कर्जा दिने बैंकहरू को सूचीमा पर्दछन् ।

यस्तै, १३ वटा वाणिज्य बैंकहरू को बेसरेट ८ प्रतिशतभन्दा बढी र ९ प्रतिशतभन्दा कम रहेको रहेको छ । यो आधारदर नै अहिलेको अवस्थामा महँगो आधारदर हो । अहिले सबैभन्दा महँगो आधारदर सिभिल बैंकको रहेको छ । यसको बेसरेट सबैभन्दा धेरै ८।८८ प्रतिशत रहेको छ ।

बैंकहरू को आफ्नो आधार ब्याजदरमा कर्जाको प्रकृति अनुसार प्रिमियम जोडर कर्जा लगानी गर्छन् । बैंकिङ प्रणालीमा हुने तरलताको अवस्था अनुसार ब्याजदरमा परिवर्तन गर्ने गर्दछन् ।

पछिल्लो समय राष्ट्र बैंकको निर्देशन अनुसार घर, गाडी लगायत कर्जामा बैंकहरू ले स्थिर ९परिवर्तन नहुने० ब्याजदर पनि लागू गरेका छन् ।
ब्ब

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...