सेयर बजारले मार्यो डरलाग्दो छलांग,आज एकै दिन यसरी भयो सात अर्बको कारोबार
Monday Nov 23, 2020
वि.सं.२०७७ मंसिर ८ सोमवार ११:३५

काठमाडौं । सेयर बजारमा आज इतिहासमै धेरै कारोबार भएको छ । एकै दिन ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँबराबरको कारोबार भएपछि बजारले नयाँ कीर्तिमान बनाएको छ ।
लगानीका अन्य क्षेत्रहरु संकुचित हुँदै गएका बेला ठूलो पुँजी सेयर बजारमा ओइरिएको हो । दिनभरको कारोबारमा २ सय १ कम्पनीका १ करोड ६० लाख कित्ता सेयर किनबेच भएका छन् । साढे ६३ हजार पटक सेयर किनबेच भएकाले पनि आजको दिनलाई ऐतिहासिक मान्नुपर्ने सेयर विश्लेषकको भनाइ छ ।
सेयर कारोबार मापक नेप्सेमा पनि आज तीब्र उचार चढाव देखियो । बिहान २३ अंकको वृद्धिसँगै खुलेको बजार दिउँसो १८ सयभन्दा माथि गएको थियो । पछि केहीबेर घटेर समग्र बजार ऋणात्मक भए पनि बजार बन्दा हुँदासम्म धनात्मक विन्दुमा गएर अडिएको छ । आज ४ दशमलव ६९ अंकले बढेर नेप्से १७ सय ८२ दशमलव ८१ अंकमा पुगेको छ ।
यसअघि जलविद्युत र व्यापार समूहको सूचकमा उच्च वृद्धि भएकामा अहिले लगानीकर्ता बैंक समूहमा ओइरिएपछि यस समूहको सूचक पनि बढेको छ । बैंक समूहको सूचकमा आज २९ अंकको बढोत्तरी देखिएको छ । त्यस्तै विकास बैंक र अन्य समूहमा पनि सामान्य वृद्धि देखिएको छ । बाँकी उपसमूह भने सेयर मापक परिसूचक ऋणात्मक देखियो । यद्यपि, कारोबारका हिसाबले सबै सूचक उत्साहजनक देखिए
























