नबिल बैंक र दराजका विक्रेताले एसएमई कर्जा पाउने
Tuesday Nov 24, 2020
वि.सं.२०७७ मंसिर ९ मंगलवार २०:००

काठमाडौं । नबिल बैंक र दराज क्यामु प्रा लि।ले नेपालका साना तथा मझौला उद्यम ९एसएमई०लाई सहयोग पुर्याउन एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नबिल बैंक, ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने एक अग्रणी वाणिज्य बैंक हो । दराज नेपाल, हजारौं विक्रेताहरूलाई ग्राहक समुदायसँग जोड्ने देशकै ठूलो अनलाइन स्टोर हो ।
दुबैको सहकार्यमा “सारथी” भन्ने वित्तीय कार्यक्रम सुरू गरेका छन्, जहाँ दराजका विक्रेताहरूले आकर्षक सुविधा तथा ब्याज दरको नबिल एसएमई कर्जाको लागि आवेदन दिन सक्नेछन् । यो कार्यक्रम सबै एसएमई ग्राहकहरुका लागि बनाइएको छ, जसमा पुराना तथा नयाँ सबै ग्राहकहरुले आवेदन दिन सक्नेछन् ।
नबिल बैंकका डेपुटी सीईओ, सुजित कुमार शाक्य र दराज क्यामु प्रा लिका प्रबन्ध निर्देशक, लिनो अल्हेरिङ्गले एक विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त समारोहमा बोल्दै नबिल बैंकका डेपुटी सीईओले भने, “यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण रहनेछ । हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई विभिन्न लगानी कार्यक्रम मार्फत आफ्नो व्यवसाय विस्तारमा सहयोग पुर्याउनु रहेको छ । सारथी कार्यक्रमको लागि हामीले दाराजसंग सहकार्य गरेका छौं ।
हाम्रो विश्वास छ कि, यो वित्तीय कार्यक्रमले उनीहरूलाई कोभिड(१९ को कारणले आइपरेका कठिनाइहरू पार गर्न मद्दत पुर्याउछ र उनीहरूको व्यवसायलाई दीर्घकालीन स्थिरता र वृद्धिका लागि पुर्नजीवित गर्नेछ ।”
त्यस्तै, दराज क्यामु प्रा लि।का प्रबन्ध निर्देशकले भने, “सारथी कार्यक्रमलाई नबिल बैंकसंगको सहकार्यमा प्रस्तुत गर्न हामी धेरै उत्साहित छौं । हामीले लामो समयदेखि काम गरिसकेका छौं, अर्थतन्त्रमा कोभिड(१९ को प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अझ महत्वपूर्ण साबित भएको छ । योे नेपालमै पहिलो क्रेडिट स्कोरिंगमा आधारित नौलो समाधान हो र हामी यो रणनीतिक साझेदारीको शुरुवातमा छौं । नेपाली आर्थिक क्षेत्रलाई अझ मजबुत बनाउन हामी यस सारथी कार्यक्रममा नबिल बैंकसंग धेरै नजिकबाट काम गर्ने आशा गरिरहेका छौं ।”
























