CG Electronics
IME Life
NIMB

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको छैठौं बैठकका निर्णयहरु सार्वजनिक(भिडियो सहित)

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं : काठमाडौं नेकपा (माओवादी केन्द्र) ले “मुख्यतः रुपान्तरणमा जोड एवं महाधू्रवीकरण पहल” को निर्णय गरेको छ । यही मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म काठमाडौं बसेको पार्टीको केन्द्रीय समितिको छैठौं बैठकले यस्तो निर्णय लिएको हो । आज ९बिहीबार० रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा ९माओवादी केन्द्र० ले यस्तो जानकारी गराईएको हो । देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने पनि निर्णय गरिएको पार्टीले जनाएको छ ।

उक्त पार्टीद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ–‘देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतंक विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने निर्णय गरियो ।’

कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष गोपाल किराँतीले पनि अब व्यापक ध्रुवीकरणमा जाने कुरा गरे । उनले एकताको लागि नेत्रविक्रम चन्द ‘विप्लवसँग’ छलफल भैरहेको जनाए । उनले भने,‘आगामी बैशाखमा राष्ट्रिय सम्मेलन हुँदैछ, त्यतिवेलासम्म वातावरण बन्छ ।’

त्यस्तै, कार्यक्रममा पार्टीका उपाध्यक्ष विनोदकुमार उपाध्यायले धन्यवाद मन्तव्य राखेका थिए । उनले नयाँ ढंगको विचारको विकास गरिराखेको सुनाउँदै एकजुट भएर क्रान्तिकारी विचारको विकास गर्नुपर्नेमा जोड दिए । उनले देशभक्तिपूर्ण आन्दोलन गर्नुको पनि बताए । पार्टीका महासचिव राजन तिमल्सिनाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

 

प्रेस विज्ञप्ति
मितिः ११÷०८÷०७७

पत्रकार साथीहरु,
“मुख्यतः रुपान्तरणमा जोड एवं महाधू्रवीकरण पहल” को निर्णय गर्दै नेकपा ९माओवादी केन्द्र०, केन्द्रीय समितिको छैठौं बैठक ०७७ मंसिर ८–१० गते काठमाडौमा बस्यो । बैठकका निर्णयहरु सार्वजानिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।

१ देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतंक विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने निर्णय गरियो ।

२ पार्टीको आन्तरिक कामतर्फ माओ दिवस पुस ११ गते समाजवादी निर्वाचन प्रणालीको संयुक्त राज्यसत्ता निर्माणबारे काठमाडौमा छलफल गोष्ठी गर्ने, जनयुद्ध दिवस फागुन १ गते देशव्यापी अन्तरक्रिया भेलाहरु गर्ने, आठ मार्च कार्यक्रममा अनेमसंघ ९क्रान्तिकारी०लाई सहयोग गर्ने, चैत्र २४ गते जनआन्दोन दिवसमा सशक्त जनप्रदर्शन तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ०७८ बैशाखमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरियो ।

३ संगठन र कार्यविभाजन सम्बन्धी निर्णयहरु

षडयन्त्रद्वारा नेतृत्व हत्याउने लिनप्याओवादी प्रवृत्ति र दुई बर्षमा एक पैसा लेवी नतिरी नेता पल्टने लम्पट चरित्रका संसदवादी भाईरसहरु विगत अन्तरपार्टी संघर्षबाट स्वयं निश्काशित भएकाछन् । त्यस उप्रान्त छैठौं बैठकले निम्नअनुसार पदपूर्ति र कार्यविभाजन गरेको छ ।

क अध्यक्ष क। गोपाल किराती, उपाध्यक्ष क। विनोद उपाध्याय, महासचिव क। राजन तिमल्सिना, सचिवद्वय क। आलोक रायमाझी र क। विमल निरौला रहनु भएको छ । साथै, केन्दीय समिति र राजनितिक परिषदमा सदस्यहरु थप गरी ११ सदस्सीय स्थायी समिति गठन गरिएको छ ।

ख पूर्वी कामाण्डको इन्चार्ज क। विमल निरौला र त्यस अन्तर्गत प्रदेश १ मा क। नरेन्द्र कटुवाल तथा प्रदेश २ मा क। बब्लु ठाकुरलाई इन्चार्ज÷संयोजक तोकिएको छ । मध्ये कमाण्डमा क। राजन तिमल्सिना इन्चार्ज र प्रदेश ३ मा क। मेघबहादुर खत्री तथा प्रदेश ४ कमाण्ड कार्यलयले हेर्ने । पश्चिम कमाण्ड क। आलोक इन्चार्ज हुनेगरी प्रदेश ५ क। अवीन गोतामे तथा प्रदेश ७ क। कैलाश आउजी र प्रदेश ६ कमाण्ड कार्यलयले हेर्ने ।

ग जनवर्गीय संगठनतर्फ राष्ट्रिय पहिचान मोर्चा इन्चार्ज क। पासाङ मोक्तान, अनेमसंघ ९क्रान्तिकारी० संयोजक क बन्दना तामाङ, देजसा परिवार क। शाहस राई, प्रेस सेन्टर क। सुमन वाङदेल र किसान संघ क। आनन्दराम फुयाललाई जिम्मा तोकिएको छ । अन्य जवस र वाइसिएलको नेतृत्व यथावत कायम छ ।

घ केन्द्रीय कार्यलयले जारी गर्ने समय तालिका अनुसार पार्टी सदस्यता एकीन, नविकरण र वितरण गरी जिल्ला भेला र प्रदेश सम्मेलन हुदै राष्ट्रिय सम्मेलन प्रतिनिधि निर्वाचित गर्ने ।

अन्त्यमा, आम रुपमा माओवादी कम्युनिष्टहरु र विशेष रुपमा वैज्ञानिक समाजवादका लागि महाध्रूवीकरण अभियान संचालन गर्दै अघि बढ्ने निर्णयलाई जनसमुदायमाझ अवगत गराइदिनु हुन पत्रकार साथीहरुमा हार्दिक अनुरोध गर्दछौं ।

९गोपाल किराती० ९राजन तिमल्सिना०
अध्यक्ष महासचिव

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...