CG Electronics
IME Life
NIMB

चन्द्र ढकालको २५ बुँदे र किशोर प्रधानको १५ बुँदे कार्ययोजना

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमितिको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरुबीच नीतिगत तहमै प्रतिस्पर्धामा उत्रिएका छन् । महासंघको आगामी नेतृत्वका लागि आफूसँग प्रष्ठ कार्ययोजना भएको भन्दै सार्वजनिक गरिएको ‘किशोरकुमार प्रधान समूहको कार्यदिशा’लाई वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार चन्द्र ढकाल समूहले ‘एफएनसीसीआई भिजन–२०२५’ ले जवाफ फर्काएको छ । प्रधान समूहले केही दिनअघि सार्वजनिक गरेको उक्त कार्यदिशा १५ बुँदामा समेटिएका थिए । बुधबार ढकाल समूहले २५ बुँदाको ‘भिजन’ले यसको काउन्टर दिएको हो ।
कसको कार्ययोजनामा के छन् रु

किशोर प्रधान समूहले सार्वजनिक गरेको १५ बुँदामा उद्योगी व्यवसायीको हकहितको रक्षा, व्यवसायी र लगानीकर्ताको मनोबल बढाउने विषय, महासंघको सांगठनिक सुदृढीकरण, सचिवालयको सुदृढीकरण, जिल्ला नगर र द्विराष्ट्रिय समूहका सदस्यहरुको क्षमता अभिवृद्धि र संस्थागत सुदृढीकरण, महासंघको छवि बढाउने, महासंघलाई आर्थिक उन्नतिको सम्बाहक बनाउने, निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा जोड दिने, कृषिको व्यवसायिकरणमा निजी क्षेत्रको संलग्नता बढाउने, साना तथा मझौला विकासका लागि विशेष कार्यक्रम ल्याउने, रोजगारमूलक उद्योग व्यवसायको विकास र विस्तारलाई प्र्राथमिकता दिने, श्रमिक व्यवस्थापन र सम्बन्ध सुधारमा विशेष पहल गर्ने, राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्ध विस्तार, निजी क्षेत्र अनुसन्धान विकास केन्द्रको स्थापनाका लागि पहल गर्ने तथा सामाजिक रुपले उत्तरदायी व्यवसायी बनाउने विषयहरु समावेश छन् ।

यो ‘कार्यदिशा’को मुख्य विशेषता भनेकै कृषिको व्यवसायिकरण गर्ने, साना तथा मझौला उद्योगको विकास गर्ने तथा आयात प्रतिस्थापनका कार्यक्रम ल्याउने भनिएको छ । कृषिको व्यवसायिकरण अन्तर्गत करार खेती, व्यवसायिक खेती, कृषिजन्य उद्योग प्रवद्र्धनको प्रवद्र्धन गर्ने र आफ्नै उत्पादनले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने विषयलाई महत्व दिइएको छ ।

उता ढकाल समूहले आफ्नो कार्ययोजनालाई तकालीन र दीर्घकालीन गरी दुई भागमा विभाजन गरेको छ । तत्कालिन कार्ययोजना अन्तर्गत कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायको उद्दार तथा राहत कार्यक्रम ल्याउने, त्यस्ता उद्योगलाई राहत दिन ब्याज छुट गर्ने, सावाँब्याज भुक्तानी गर्ने समयसीमा बढाउने लगायतका कार्यक्रम छन् ।

त्यस्तै, महामारीले खोलेका इकमर्श लगायतका अवसरलाई सदुपयोग गर्ने, तरलता व्यवस्थापन गर्ने, कृषि उपजमा आधारित आपूर्ति सञ्जाललाई सुदृढीकरण गर्ने, विदेशी लगानी भित्र्याउन पहल गर्ने, बैंकिङ ्रऋणीको ािख मूल्यांकनका लागि क्रेडिट रेटिङ र परियोजनामा आधारित कर्जामा लगानीको अभ्यास बढाउने लगायतका विषयहरु छन् ।

औद्योगिक शान्ति कायम गर्दै रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधार गर्ने, संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई सुदृढीकरण, श्रमिकको सीप विकास, विज्ञान प्र्रविधिमा आधारित अर्थतन्त्रको विकास तथा आर्थिक कुटनीतिमा समेत विशेष ध्यान दिने विषय २५ बुँदामा उल्लेख गरिएको छ । त्यस्तै महासंघको सांगगनिक रुपान्तरणको विषय समेत यसमा समेटिएका छन् ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...