nic bank
himalayan everesat
Nmb bank

नेपालमा रहेका महिला सरकारी वकीलहरुको दुई दिवसीय राष्ट्रिय कार्यशाला शुरु

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं : महान्यायाधिवक्ताको कार्यालयले चालु आर्थिक वर्षलाई अभियोजन सुधार वर्षका रुपमा घोषणा गरी आवधिक रुपमा विभिन्न क्रियाकलाप गरिरहेको सन्दर्भमा सोही क्रमलाई निरन्तरता दिंदै मिति २०७७ साल मंसीर ११ गते विहिबार नेपालमा रहेका महिला सरकारी वकीलहरुको दुई दिवसीय राष्ट्रिय कार्यशाला सुरु भएको छ ।

उक्त सम्मेलनको भर्चुअल माध्यमबाट माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा नायब महान्यायाधिवक्ताज्यूहरु, सहन्यायाधिवक्ताज्यूहरु लगायत ८० जनाको उपस्थिति रहेको थियो । समारोहलाई सम्बोधन गर्दै माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले भौतिक उपस्थितिमा नै सम्मेलनको आयोजना गर्ने गरी तयारी गरिएकोमा कोभिड १९ को महामारीका कारण अनलाईन शययm मार्फत नै यस प्रकारको राष्ट्रिय कार्यशालाको आयोजना गर्न लागिएको जानकारी गराउनुभएको थियो।यस्तै उहाँले हाल नेपालमा १ जना सहन्यायाधिवक्ता, १२ जना उपन्यायाधिवक्ता समेत गरी ७२ जना महिला सरकारी वकीलहरु कार्यरत रहेकोमा जम्मा २ जना मात्र महिला सरकारी वकीलहरु ललितपुर र जाजरकोटमा कार्यालय प्रमुखको जिम्मेवारीमा रहेको तर्फ स्मरण गराउँदै महिला सरकारी वकीलहरुलाई कार्यालय प्रमुखको जिम्मेवारी लिइ कार्यसम्पादन गर्न प्रेरित गर्नुभएको थियो। यस प्रकारको कार्यशालाले महिला सरकारी वकीलहरुको नेतृत्व क्षमता विकासमा ठुलो टेवा पुग्ने तर्फ इङ्गित गर्दै कार्यशाला सफलताको शुभकामना दिनुभएको थियो ।उक्त कार्यशालाको अध्यक्षता सहन्यायाधिवक्ता श्री रमादेवी पराजुलीले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै उपन्यायाधिवक्ता श्री उर्मिला दाहालले उपस्थित महानुभावहरुलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सहायक न्यायाधिवक्ता श्री रोशी भण्डारीले गर्नुभएको थियो ।
दुई दिनसम्म चल्ने उक्त राष्ट्रिय कार्यशालामा सुशासन तथा अभियोजनमा सरकारी वकीलहरुको भूमिका, नेतृत्व र उत्प्रेरणा एवम् सामाजिक भेदभावजन्य कसूर लगायतका विषयमा सर्वोच्च अदालतका माननीय न्यायाधीशज्यूहरु, माननीय महान्यायाधिवक्ताज्यू, नायब महान्यायाधिवक्ताज्यू तथा वरिष्ठ अधिवक्ताज्यूहरुको समुपस्थितिमा छलफल शुरु भएको छ ।उक्त राष्ट्रिय कार्यशालामा ७० जना महिला सरकारी वकीलहरुको सहभागिता रहेको छ । कार्यशाला भोली शुक्रबार निष्कर्षहरु जारी गर्दै समापन हुनेछ ।

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या क्याम्पस

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या...

वि.सं.२०८० असोज १५ सोमवार ०९:३६

  काठमाडौं । पद्मकन्या क्याम्पसले आफ्नै सञ्जालको माध्यमबाट सम्पर्क गरी...

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा नारायणकाजी जाने सम्भावना

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा...

वि.सं.२०७९ चैत १२ आइतवार ०९:३२

    काठमाडौं । सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन : उपमहासचिव गुरुङ

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन...

वि.सं.२०७९ चैत ११ शनिवार १८:३५

  काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपाको स्थापना...

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा हुने 

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा...

वि.सं.२०७९ चैत ३ शुक्रवार १५:४२

  काठमाडौं । आज मुलुकको पहाडी तथा तराईका भूभागमा चट्याङसहित...

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

वि.सं.२०७९ फागुन ७ आइतवार ००:१६

  न्यूयोर्क, फेब्रुअरी 15 (केएमएस): भारतीय कर अधिकारीहरूले प्रधानमन्त्री नरेन्द्र...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

वि.सं.२०७९ माघ २७ शुक्रवार ११:१२

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव...