माछापुच्छ्रे बैंकले नेपाल भेटनरी संघका सदस्यहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता
Friday Nov 27, 2020
वि.सं.२०७७ मंसिर १२ शुक्रवार ०९:१४

काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल भेटेनरी संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका सदस्यहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल भेटेनरी संघको तर्फबाट अध्यक्ष डा। सितल काजी श्रेष्ठ तथा माछापुच्छ्रे बैंकको तर्फबाट दायित्व व्यवस्थापन एंव बाह्य मामिला प्रमुख सुनिल खतिवडाले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात नेपाल भेटेनरी संघसंग सदस्यहरुलाई बैंकले सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नेछ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहमा विशेष सहुलियत प्रदान गर्नेछ ।
बैंकले १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फतबाट ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।























