CG Electronics
IME Life
NIMB

हिमालय एअरलाइन्सद्वारा प्रयास नेपाललाई सहयोग

NIMB
Himalayan Bank


काठमाडौं । हिमालय एअरलाइन्सले प्रयास नेपालका बाल बालिकाहरूलाई आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत पुनः सहयोग प्रदान गरेको छ । सन् २०२० को वार्षिक संस्थागत सामाजिक उत्तरदायित्वको एक हिस्साको रूपमा प्रयास नेपाललाई पुनः सहयोग प्रदान गरेको हो । एअरलाइन्सले अङ्गे्रजी नयाँ वर्षको पूर्वसन्ध्यामा बर्षभरी पुग्ने परिमाणमा कपिहरु प्रदान गरेको छ । विद्यमान महामारीलाई ध्यानमा राख्दै, एअरलाइन्सले कोभिड–१९ विरुद्ध लड्न आवश्यक स्वास्थ्य सामाग्रीहरु समेत प्रदान गरेको छ ।
सन् २०२०को डिसेम्बर ३१ मा प्रयास नेपालको छोटो अवलोकन भ्रमणका क्रममा हिमालय एअरलाइन्सका पदाधिकारीहरूले शैक्षिक र चिकित्सा सामग्रीहरू कोभिड–१९ का सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर हस्तान्तरण गरेको हो । प्रदान गरिएका सामाग्रीहरुमा १,६५० वटा कपी, दुई इन्फ्रारेड थर्ममीटर, २ बोतल ह्याण्ड सेनिटाइजर र १,००० थान फेस मास्क समावेश थिए । विगत बर्षहरुमा झैं त्यस संस्थाका लागि आवश्यक शैक्षिक सामाग्रीहरु, खाजा–नास्ता र अन्य उपभोग्य सामाग्रीहरुका निरन्तर आपूर्ति गर्दै योगदान पु¥याएको हिमालयले प्रयास नेपालका बालबालिकाहरूको जीवनमा उल्लेख्य भिन्नता ल्याउन सफल भएको जनाएको छ ।
यस वर्ष पनि ८ देखि २० वर्ष बीचका २७ विद्यार्थी उनीहरूको शैक्षिक पाठ्यक्रमहरू पछ्याउन बार्षिक रुपमा आवश्यक पर्ने सामाग्रीहरु प्राप्त गर्ने एयरलाइन्सले जनाएको छ । बालबालिकाहरूलाई कोभिड–१९ को महामारीबाट रक्षा गर्ने उद्देश्यको साथ कोभिड–१९ का आवश्यक थप सामाग्रीहरु प्रदान गरिएको एयरलाइन्सले जनाएको छ । हिमालय एअरलाइन्सकी ब्रान्ड र सेवा सुधार विभाग प्रमुख श्रीमती उज्ज्वला दलीले सन् २०२० अनिश्चितता र ओसिलो भविष्यको बर्ष रहेको बताइन् । साथै बालबालिकाहरूका लागि कोभिड–१९को डर र सामाजिक दूरीले स्कूल र कलेजमा निकै असर परेको उनको भनाइ थियो ।
उनले अगाडि भनिन्, ‘कोभिडविरुद्धको खोप आउने क्रमले सुरुङ्गको अन्त्यमा एउटा सानो प्रकाशको झिल्को देखिएको छ र शैक्षिक संस्थानहरू अब पुनःखोल्नका लागि तयारी गर्दैछन् । सामाजिक क्षेत्रमा केही गहन र अर्थपूर्ण योगदान पु¥याउने हाम्रो दृढ प्रतिबद्धताका साथ प्रयास नेपालप्रतिको हाम्रो वार्षिक प्रतिबद्धता पूरा गर्ने यो नै सही समय हो । हामी यस संस्थाका सबै क्षेत्रका बालबालिकाहरुका उत्थानका प्रयासलाई निरन्तर समर्थन गर्न कटिबद्ध छौं ।’
प्रयास नेपालका अध्यक्ष मणि जोशीले भनिन्, ‘हिमालय एअरलाइन्सले सन् २०१७ देखि निरन्तर हाम्रा बालबालिकाहरुलाई सहयोग पु¥याएकोमा हार्दिक आभारी छौं । हिमालयको योगदानले हरेक वर्ष हाम्रो मनोबल बढाउन मात्र सहयोग पु¥याएको छैन, हाम्रो संस्थागत विकासमा समेत टेवा पु¥याएको छ । यस महामारीको बर्षमा हाम्रा बालबालिकाहरूलाई उत्साहपूर्वक लालन–पालन गर्न र उचित हेरचाहका प्रयासमा निरन्तर लागि पर्न प्रेरित गर्दछ ।’ प्रयास नेपाल एक गैर–नाफामूलक सामाजिक संस्था हो, जसले विशेषगरी अनाथ, परित्यक्त, दुव्र्यवहारमा परेका र शारीरिक रूपले अपाङ्ग बालबालिकाहरूलाई नेपालका विभिन्न भागबाट आश्रय प्रदान गर्दै शिक्षा र सीपमूलक तालिम दिन निरन्तर कोशिसरत रहेको छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...