CG Electronics
IME Life
NIMB

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कोरोना बिरामीको उपचारलाई निरन्तरता दिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कोभिड–१९बाट संक्रमित विरामीको उपचारलाई निरन्तरता दिने भएको छ । अस्पतालले नेपाल सरकारको निर्देशन अनुसार १८ शैयाको सघन उपचार कक्ष सहित ५४ शैया छुट्याएर कोभिड उपचार गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताएको छ ।
अस्पतालको आठौं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष दीपक कुँवरले कोभिड–१९ संक्रमित विरामीको उपचारलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने बताएका हुन् । उनले अहिले सम्म ४ सय २८ कोभिड विरामीको सफल उपचार सम्पन्न भएको र आगामी दिनमा पनि अत्यावस्यक स्वास्थ्य सामग्री सहित उपचार सेवालाई निरन्तरता दिने बताए । समुदायमा अन्तर्राष्ट्रिय गुणस्तरको स्वास्थ्य उपचार सेवा सर्वसुलभ रुपमा प्रदान गर्ने उद्देश्य सहित आगामी दिनमा अझ प्रभावकारी काम गर्ने प्रतिवद्धता साथ काम गरिरहेको पनि अध्यक्ष कुँवरले बताए ।
ग्राण्डी अस्पतालले २६ विभिन्न स्वास्थ्य सम्बन्धी विधाहरुमा १ सय २१ पूर्णकालिन विशेषज्ञ चिकित्सकहरुद्धारा सेवा उपलब्ध गराइरहेको छ । अस्पतालले स्थापनाका कालदेखि हालसम्म ७ लाख ८५ हजार विरामीको सफल उपचार गरेको छ । हालसम्म ३१ हजार ९ सय विरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको पनि अस्पतालले जनाएको छ । अस्पतालले अन्तर्राष्ट्रिय स्तरको ओपिडी सेवा, शल्यक्रिया, रेडियो डायग्नोष्टिक, प्याथोलोजी लगायतका सेवाहरु प्रवाह गर्दै आएको छ । यस्तै अस्पतालले इको, ट्रेडमिल, मामोग्राम, विएमडी, अल्ट्रासाउण्ड, इसिजी, रेडियोलोजी, प्याथोलोजी सेवा सरल र सहज तरिकाले उपलब्ध गराउँदै आएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...