CG Electronics
IME Life
NIMB

व्यवसायिक योजना निर्माणकालागि सजिलो मोवाइल एप 

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । नेपालको सन्दर्भमा साना तथा मझौला उद्यमीहरुले लक्ष्य अनुसारको सफल व्यवसाय संचालन गर्नकालागि धेरै खालका समस्याहरु भोगीरहेका छन् जसमध्ये व्यवहारिक र प्रभावकारी व्यवसायिक योजना निर्माण नहुनु पनि एक महत्वपुर्ण समस्याको रुपमा रहेको छ । व्यवसायिक योजना निर्माणका लागि श्रोत साधनको अभाव तथा सूचनाको कमी, समय वढि लाग्ने, बैंक तथा वित्तिय संस्थाहरुले तोकेको ढाँचामा व्यावसायीक योजना तयार गर्न नसक्दा धेरैजसो व्यवसायीहरुले लगानी अनुरुपको प्रतिफल प्राप्त गर्न सकेका छैनन्, साथै सरकारले प्रावधान गरेका विभिन्न सेवा तथा सुविधाबाट पनि बन्चित छन् ।

व्यवसायीका यीनै समस्या तथा आवश्यकताहरुलाई मध्यनजर गरि निड्स नेपाल प्रा.लि.ले डिजिटल प्रविधिमार्फत छिटो छरितोरुपमा व्यवसायिक योजना निर्माण गर्न BIZ सूत्र नामक मोवाइल एप (BIZ सूत्र Mobile application) तयार गरी बजारमा ल्याएको छ । यो एप स्मार्ट मोवाइल फोनमा प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । जसको प्रयोगगरि उद्यमको आकार हेरी आधा देखि दुइ घण्टा भित्रमा व्यवसायिक योजना तुरुन्तै निर्माण गर्न सकिन्छ । BIZ सूत्र एप डाउनलोड गर्नको लागि तलको link मा click गर्नुहोस् । (https://play.google.com/store/apps/details?id=com.nuxproservices.needsnepal)

यस मोबाईल एपको प्रयोगबाट आफुले संचालन गर्न चाहेको नयाँ व्यवसाय वा संचालन भईराखेको व्यवसायकोे तथ्याङ्क तथा सुचनाहरु उद्यमी स्वयंले एपमा प्रविष्ट गरि तिनै तथ्याङ्क तथा सुचनाहरुको विश्लेषणको आधारमा एप मार्फतनै विशिष्ठ ढाँचामा व्यवसायिक योजना स्वतह निर्माण हुन्छ । जुन योजनामा व्यवसायको व्यवस्थापकीय पक्ष, बजार योजना, वित्तिय विश्लेषण, व्यवसायको सबल पक्ष, अवसर तथा चुनौतिहरु जस्ता महत्तवपूर्ण पक्षहरु समेटिएको  छ ।

यसरी मोवाइल एपबाट प्रविष्ट गरिएका तथ्याङ्क तथा सूचनाहरुलाई निड्स नेपाल प्रा.लिको सर्भरमा सुरक्षित र व्यवस्थित गरिएको छ । जुन सूचनाहरुलाई भविश्यमा आवश्यकता अनुसार व्यवसायको तुलना गर्न तथा पुनरावलोकनको लागि प्रयोगमा ल्याउन सकिन्छ ।

यो मोवाइल एप नेपाली भाषामा तयार गरिएकोले प्रयोग गर्न सजिलो छ भने व्यवसायिक  योजना निर्माण गर्ने विज्ञहरुको प्रतक्ष्य संलग्नतामा तयार गरिएकोे एप दर्जनौ उद्यमीहरुले प्रयोग तथा परिक्षण गरि अत्यन्तै रुचाईएको र माग पनि बढ्दै गईरहेको छ ।

द्यक्ष्श् सूत्र मोवाइल एपको प्रयोगगरि सरल र सहजरुपमा कम समय र लागतमा व्यावसायीक योजना तयार गर्न सकिन्छ जुन व्यवसायिक योजनाले बैंक तथा वित्तिय संस्थाहरुले तोकेको ढाँचालाई समेत समेटेको छ । अव व्यवसायिक  योजना निर्माण गर्न लामो समय लाग्ने, बढि पैसा तिर्नु पर्ने र कसले योजना बनाइदेला भन्ने झन्झटबाट मुक्त गर्न सक्ने यसको प्रयोगबाट उद्यमिहरु मात्र नभएर व्यवसायमा लगानि गर्न चाहने बैंक तथा वित्तिय सस्थाहरु, उद्यमी विकासकालागि सहयोग गर्ने विभिन्न सहयोगी संघ संस्थाहरु, परियोजना, सरकारी तथा गैर सरकारी संस्थाहरुलाई पनि लाभ पुग्ने कुरा निड्स नेपाल प्रा.लिका अध्यक्ष श्री सगुन पुडासैनीले बताउनु भयो ।

यसका साथै निड्स नेपाल प्रा.लि.ले साना तथा मझौला उद्यमहरुको व्यवसाय प्रवद्र्धन र विस्तारका लागि व्यवसायीहरुको क्षमता अभिवृद्धि गरी उत्पादन लागत घटाई उनीहरुको दिगो विकासमा सहयोग पु¥याउन उद्यम विकास सेवाहरु प्रदान गर्दै आएको छ । व्यवसायिक योजना निर्माण, व्यवसाय दर्ता तथा नविकरण, लेखा परिक्षण, उद्यमशिलता विकास तालिम, बजारिकरण, बैंक तथा वित्तीय संस्थाबाट वित्तीय सेवाको लागि सहजीकरण, व्यवसायको सम्भाव्यता अध्ययन, व्यवसायिक स्वास्थ्य जाँच, उद्यमको प्रत्यक्ष अवलोकन तथा परामर्श, स्थानिय सरकारको कृषि उद्यम विकास केन्द्रित योजना निर्माण, उनीहरुको उद्यमहरुको प्रस्तावना तथा व्यसवसायिक योजना निर्माण र मुल्यांकन गर्न प्रविधिक सेवाहरु पनि प्रदान गर्दछ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...