CG Electronics
IME Life
NIMB

एनआरएनमा विवाद : भर्चुअल अधिवेशन रोक्न माग गर्दै परराष्ट्रमा पत्राचार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आन्तरिक विवाद बढ्दै गएपछि एउटा पक्षले परराष्ट्र मन्त्रालय गुहारेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको हो ।

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी ) का चार जना सदस्यसहित पाँच जनाले संयुक्त रूपमा नेपाल सरकारसँग विशेष अधिवशन रोक्न माग गरेका हुन् । संघका आइसीसी सदस्यहरू चिन्तामणि सापकोटा (स्पेन), शंकर खड्का (संयुक्त राज्य अमेरिका), दीपक शर्मा (अष्ट्रेलिया) र विजय मोक्तान (जर्मनी) तथा अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले निवेदन हालेका हुन् ।

संघको केन्द्रीय समितिबाट निर्णयसमेत नगराई नेतृत्वले जबरजस्ती विशेष अधिवेशन तोकेको दाबी उनीहरुको छ । यही जनवरी २३ र २४ तारिखमा आयोजना गर्ने भनिएको गैरआवासिय नेपाली संघको भर्चुल विशेष महाधिवेशन प्रचलित कानुन र संघको विधान तथा आम सदस्यहरूको भावनाविपरीत हुन लागेको असन्तुष्ट पक्षको आरोप छ ।

भौतिक रूपमा उपस्थित भई हुनुपर्ने विशेष अधिवेशन स्वार्थका लागि अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्माले भर्चुअल रूपमा गर्न खोजेको र त्यो विधानविपरीत हुने उनीहरूको तर्क छ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...