nic bank
himalayan everesat
Nmb bank

दिगोको ब्रान्ड अम्बासडरमा मदनकृष्ठ श्रेष्ठ

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौँ । दिगोले अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्रान्ड दूत (ब्रान्ड अम्बासडर) घोषणा गरेको छ । अब श्रेष्ठ दिगो ब्रान्डका सबै रेन्जका विद्युतीय गाडीको ब्रान्ड दूतको भूमिकामा रहनेछन् । अग्रणी एवं जीवन्त कलाकार श्रेष्ठले दिगो ब्रान्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने भएका छन् ।

पहिलोपटक विद्युतीय सवारी साधनको ब्रान्डलाई अनुमोदन गर्दै प्रेरणादायी व्यक्तित्व श्रेष्ठले भने, ‘हामीले यातायातको स्वरुप गम्भीरतापूर्वक मनन गर्न थालेको यो महत्वपूर्ण समय हो । इ–मोबिलिटीको आर्थिक र वातावरणीय फाइदा निकै ठूलो छ । हामीले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्दै वातावरणीय हिसाबले दिगो नेपालको मार्ग प्रशस्त गर्न सक्छौं । हामीले हाम्रो भविष्यलाई त्यसतर्फ लैजाने प्रतिबद्धता जनाउन सक्यौं भने मात्र शून्य उत्सर्जन र शून्य व्यवधानको भविष्य सम्भव छ । चीरस्थायी विकास र नेपालीको सुस्वास्थ्यसँग मेल खाने अवधारणा बोकेको दिगोसँग साझेदारी गर्न पाउँदा म प्रशन्न छु ।’

श्रेष्ठसँगको सहकार्य घोषणा गर्दै दिगोका सिइओ हेमन्त पुरानिकले भने, ‘मदनकृष्ण श्रेष्ठसँग सहकार्य गर्न पाउँदा हामी धेरै उत्साहित छौं । उहाँ दृढ विश्वासी क्षमतावान तथा हरेक नेपालीका लागि आदर्श हुनुहुन्छ । उहाँलाई पर्दामा हेर्नु जादु जस्तै लाग्छ । उहाँ भरोसायोग्य, विश्वासिलो, अग्रणी, सरल र आत्मविश्वासले भरिएको व्यक्तित्व हुनुहुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो । हामी नेपालका सबै सहरहरुमा आफ्नो पदचाप विस्तार गर्ने तयारीमा रहेको सन्दर्भमा सबै नेपालीलाई अपिल गर्न सक्ने मदनजीको विशिष्ट दक्षताले उहाँलाई हाम्रो ब्रान्ड प्रस्तुत गर्ने आदर्श व्यक्ति बनाएको छ । हामी दुवै पृथक काम गर्नु चुनौतीपूर्ण भए पनि त्यो सम्भव छ भन्ने कुरामा विश्वास गर्छौं । दिगो परिवारमा उहाँलाई स्वागत गर्न पाउँदा हामी खुसी छौं ।’

पथप्रवर्तक योगदानका साथ नेपाली प्यासेन्जर भेहिकल उद्योगको क्रमभंग गर्न तयार रहेकोले दिगो आफ्नो क्रमिक विकासको महत्वपूर्ण चरणमा छ । आक्रामक तथा नविन बजार रणनीतिका साथ यी प्रस्तावहरु उपभोक्तामाझ पेस गर्नु पनि यस कम्पनीको लागि उत्तिकै महत्वपूर्ण विषय हो । ‘सफलताका लागि विश्वास’को मान्यता बोक्ने दिगो र मदनकृष्ण श्रेष्ठका थुप्रै विशेषताहरु मिल्छन् । यो सहकार्यका साथ दिगोले नेपाली दर्शकलाई जोड्ने उत्साहपूर्ण यात्रा सुरु गरेको छ ।

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...