CG Electronics
IME Life
NIMB

ओबिसि पर्साद्वारा पर्साका प्रहरी उपनिरीक्षक पन्तलाई बिदाई तथा सम्मान होटलमा कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

वीरगंज । अखिल नेपाल पिछडावर्ग (ओविसी) महासंघ पर्साद्वारा पर्साका प्रहरी उपनिरिक्षक गंगा पन्तलाई बिदाई तथा सम्मान कार्यक्रम गरिएको छ । होटल कुमु प्यालेशमा एक कार्यक्रम गरी ओविसीले प्रहरी उपरिक्षक गंगा पन्तको बिदाई एवं सम्मान गरेको हो। (ओविसि) महासंघ पर्साका अध्यक्ष अकलेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपनिरिक्षक गंगा पन्तले समाजमा शान्ति सुरक्षा कायम गर्न सवैको सहयोग आवश्यक रहने बताउनुभयो । खुल्ला सिमानाका कारण पर्सा जिल्ला सुरक्षाको दृष्टिकोणले चुनौतीपुर्ण रहेको जानकारी दिनुभयो ।

उहाँले ११ महिने पर्सा बसाईको क्रममा जम्मा ९ दिन बिदा लिएको र बाँकी दिन सम्पुर्ण ध्यान जिल्लाको शान्ति सुरक्षामा व्यतित गरेको जानकारी दिनुभयो । उहाँले सम्मानित गर्ने ओबिसि संस्थालाई धेरै धेरै धन्यवाद दिदै अगामि दिनमा पनि समाजिक कार्य गर्न अनुरोध गर्नुभयो । यसैगरी अध्यक्ष साहले एसपि गंगा पन्तले गरेको काम प्रंशासा योग्य रहेको बताउनुभयो । उहाँले पर्साको शान्ति सुरक्षाका साथै वीरगंजको बिकाशमा बिशेष ध्यान दिएको चर्चा गर्नुभयो ।

 

लगायत ट्राफिक व्यवस्थापन र सरसफाईमा बिशेष जोड दिएको बताउनुभयो । उहाँको कार्यकालमा पर्सा जिल्लामा शान्ति ,सुशासन र समाजिक कार्यमा तिव्रता आएकोले सम्मानित गरिएको समेत अकलेश साहले बताउनुभयो ।

सो बिदाइ तथा सम्मान कार्यक्रममा ओविसी महासंघका महासचिव तेजप्रकाश निषाद, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, श्रीपुर वडा प्रहरीका प्रहरी निरिक्षक दिपक साह,बिर्ताका प्रहरी निरिक्षक राजेशराज पुरी,नेकपाका युवा नेता हनिफ अंसारी,रवि गुप्ता,ओविसीका धर्मेन्द्र पटेल, नवलकिसोर साह, राजन साह, रामकुमार पटेल, राजन गुप्ता,नितेश वर्णवाल,नविन बैठा, रामप्रसाद सर्राफ,राकेश गोंड,औनितराज रौनियार,रुपेश रौनियार,बिकाश साह तेली ,सतनारायण पासवान, सोजाईर अंसारी, अनिल हजरा, दिलपाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संजिव मिश्राले गर्नुभएको थियो ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...