सिटिजन्स बैंकका ग्राहकलाई होटल अकामामा विशेष छुट
Sunday Jan 10, 2021
वि.सं.२०७७ पुस २६ आइतवार ०८:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं धुम्बाराहि स्थित होटल अकामा बीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई होटलको सेवा शुल्कमा विशेष छुट मिल्नेछ । उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरु साथसाथै संचालक समितिका सदस्यले होटल अकामाका विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।























