सेञ्चुरी कमर्सियल बैंकको प्रर्वद्धनका लागि मस्कट
Sunday Jan 10, 2021
वि.सं.२०७७ पुस २६ आइतवार ०८:०९

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पुस २४ गते आफ्नो दुईवटा मस्कट सार्वजनिक गरेको छ । बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको हो । यसपश्चात सेञ्चुरी कमर्सियल बैंकको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् । सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझै मद्दत पुग्ने विश्वास बैंकले लिइएको छ ।























