कोरोनाको भ्याक्सिन छिट्टै ल्याउँछौं : प्रधानमन्त्री
Sunday Jan 10, 2021
वि.सं.२०७७ पुस २६ आइतवार १४:३७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्ध लगाइने भ्याक्सिन छिट्टै नेपाल ल्याउने दाबी गरेका छन्।
राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले सरकारले छिट्टै भ्याक्सिन ल्याउन लागेको बताएका हुन्। ‘हामीले भ्याक्सिन ल्याएर छिट्टै कोभिडको समस्या समाधानका लागि काम गरिरहेका छौं,’ प्रधानमन्त्रीले भने।
























