ग्यास अधिकृत विक्रेता संघ पर्साकाे अध्यक्षमा बिरेन्द्र साह चयन
Sunday Jan 24, 2021
वि.सं.२०७७ माघ ११ आइतवार ०८:१२

वीरगंज । ग्यास अधिकृत विक्रेता संघ पर्साकाे अध्यक्षमा बिरेन्द्र साह चयन हुनुभएको छ । बधाइ एंम शुभकामना ग्यास अधिकृत विक्रेता संघ पर्साकाे ८ औं साधारण सभा तथा ५ औं जिल्ला अधिवेशन शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । बीरगंजस्थित होटल कुमु प्यालेसमा सम्पन्न साधारण सभा तथा अधिवेशनले पुन: बिरेन्द्र साहकाे अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ । साधारण सभा तथा अधिवेशनकाे उद्घाटन वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष गाेपाल केडियाले गरेका थिए ।

ग्यास अधिकृत विक्रेता संघ पर्साका अध्यक्ष विरेन्द्र साहकाे अध्यक्षतामा उद्घाटन समाराेहमा एलपि ग्याँस उद्योग संघको उपाध्यक्ष मनोज कुमार दास, ग्यास बिक्रेता महासंघका संस्थापक अध्यक्ष ज्ञानेश्वर अर्याल, ग्यास बिक्रेता महासंघ प्रदेश नं २ का संयोजक राजकुमार सिन्धी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, वान प्रदेश नं. २ का संयोजक आरसी यादव लगायतकाले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको संचालक माधुरी महतो ले गरेकी थिइन। भन्ने ग्याँस अधिकृत बिक्रेता संघका अध्यक्षमा पुनः बीरेन्द्र साह नै सर्वसहमतिले चयन भएका छन्।
























