CG Electronics
IME Life
NIMB

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले धितोपत्र दोस्रो बजारमा आगामी सातादेखि कारोबार सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले धितोपत्र दोस्रो बजारमा आगामी सातादेखि कारोबार सुरु गर्ने तयारी गरेको छ । माघ १६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरी सम्बन्धित शेयरधनीहरुको डिम्याटमा जम्मा गरिसकेको शेयर सूचीकरणको प्रकृया अन्तिम चरण रहेको कम्पनीले जानकारी गराएको छ ।

यसै साताभित्र नेप्सेमा शेयर सूचीकरणको काम सम्पन्न गर्ने गरी काम अघि बढाएकाले आगामी सातादेखि कारोबार गर्न सकिने कम्पनीको भनाई छ । यस कम्पनीले धितोपत्र बजारकै इतिहासमा सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।

कम्पनीले माघ २ देखि ६ गतेसम्म रू। ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको थियो ।

कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट गरेको छ ।

अधिकत पूँजी रू। ४० अर्ब र जारी पूँजी रू। २० अर्ब रहेको बैंकको सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात चुक्तापूँजी रू। २० अर्ब कायम भएको छ । कम्पनीले संस्थापकतर्फको १२ करोड कित्ता र सर्वसाधारष्ण तर्फको ८ करोड कित्ता गरी कुल २० लाख कित्ता शेयर नेप्सेमा यसै साताभित्र सूचीकृत गराउँनेछ ।

कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता रू। ११३ दशमलव ६२ देखि रू। ३४० दशमलव ८६ सम्मको मूल्य रेञ्ज पाउनेछ । नेप्सेले सूचीकृत कम्पनीहरुको पहिलो कारोबारको लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ देखि त्यसको तीनगुणा सम्म मूल्य रेञ्ज तोक्ने व्यवस्था छ ।

आर्थिक वर्ष ०७६र०७७ सम्मको कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू। ११३ दशमलव ६२ रहेको छ । चालू आर्थिक वर्षभित्र कम्पनीले रू। ११७ दशमलव ६९ प्रतिशेयर नेटवर्थ कायम गर्ने प्रक्षेपण गरेको छ ।

जीडब्लूएम ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एक चार्जमा ५२० किमीसम्म गुड्ने

जीडब्लूएम ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक,...

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

काठमाडौं । नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी...

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...