यी हुन घुस्याहा इन्स्पेक्टर,परे अख्तियारको फन्दामा
Thursday Feb 25, 2021
वि.सं.२०७७ फागुन १३ बिहीवार २२:०१

वीरगंज ।५० लाख रुपैयाँ घुस लिएको क्रममा इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पक्राउ नेपाल सशस्त्र प्रहरी बलका सुरक्षा बेस क्याम्प गैडहवा वाड नं ३ लोण्डिहवा रूपन्देही कार्यालयका प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी लाई पनि बिहीबार पक्राउ परेका हुन् ।
सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा गैडहवा वाड नं ३ बाट नियन्त्रण्मा लिएर थप अनुसन्धान अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रवक्ता सुरेश भुसालले बताउनु भयो ।
























