मुख्य खबर

नेपालमा बैंकहरु क्यूआर कोर्ड वितरण गर्न आक्रामक रुपमा अगाडि बढ्दै

  • आर्थिक प्लस संवाददाता

    २०७७ फाल्गुन १४ गते, शुक्रबार १७:५४ मा प्रकाशित

काठमाडौं ।नेपालमा बैंकहरु क्यूआर कोर्ड वितरण गर्न आक्रामक रुपमा अगाडि बढ्दै  । देशभरका मुख्य सहरी क्षेत्रका तरकारी बजारहरु तथा सार्वजनिक यातायातमा क्षेत्रमा डिजिटल भूक्तानी क्यूआर कार्ड बोकेर बैंकहरु आक्रमक रुपमा अगाडी बढेका छन् ।

कोरोना महामारीपछि अनलाइन सिस्टम अर्थात विधुतिय कारोबार बढ्दै गएको छ । महामारी नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको कारण बाहिर निस्कन नपाउदाँ मानिसहरुले घरमा नै बसेर इन्टरनेटको पहुँजमा रहेका सबैले अनलाइन मार्फत कारोबार तथा रकम भूक्तानी गर्न थालेसँगै डिजिटल भूक्तानी बढ्दै गएको छ ।

यसैको प्रभावसँगै बैंकहरुले अब क्यूआर कोर्डमार्फत डिजिटल कारोबार बढाउनको लागि विभिन्न तरकारी बजार, ठूला डिर्पाटमेन्ट स्टोर, सुपर मार्केटहरुका क्यूआर कोर्ड बोकेर चहारिरहेका छन् ।

गत पुष १० गते सानिमा बैंकको अगुवाइमा काठमाडौँको नक्सालस्थित नक्साल तरकारी बजारमा क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरुवात गरेको थियो । त्यसको शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए । उनले क्यूआर कार्डमार्फत भूक्तानीको शुभारम्भ गर्दै नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीति अगाडी बढाएकाले यसलाई बढवा दिनुपर्ने आवश्यकता औल्याउँदै यो अभियानलाई देशैभर पुर्याइने बताएका थिए ।

त्यहीअनुरुप पछिल्लो समय काठमाडौँ उपत्यकाका तरकारी बजारहरु समेत प्रविधिमैत्री बन्न थालेका छन् । डिजिटल कारोबार विगत पाँच वर्ष यता ठूला सुपर मार्केट, होटल तथा सपिङ मलहरुमा सामान्य जस्तै रहेको छ । तर तरकारी बजार तथा चिया पसलहरुमा यो असम्भव देखिए पनि पछिल्लो समय सहज बन्दै गएको छ ।

विभिन्न बैंकहरु पुष १० गते पछि ठेला गाडादेखि फलफूल तथा तरकारी पसलहरुमा क्यूआर कोर्ड बोकेर पुग्न थालेका छन् । यसरी बैंकको क्यूआर कोर्ड राखेपछि नगद बोक्नुपर्ने बाध्यता हट्ने देखिएको छ । यो अभियानमा राष्ट्र बैंकका गभर्नर नै कम्मर कसेर लागेको देखिन्छ । गभर्नर अधिकारीले तरकारी बजारमा एक किलो तरकार र चिया पसलमा चियाको पैसा क्यूआर कोर्डबाट नै भूक्तानी गरेका थिए ।

बैंकहरुको यो अभियानले अब समग्र रकम भुक्तानी प्रणालीलाई नै प्रविधिमैत्री बनाउन योगदान पुग्ने देखिन्छ । राष्ट्र बैंकको नीति नै कारोबार भूक्तानीलाई डिजिटलाइज गर्ने भएका कारण पछिल्लो समय सबै बैंकले डिजिटल कारोबारलाई प्राथमिकतामा राखेर क्यूआर भूक्तानीलाई समेत आक्रमक रुपमा अगाडि बढाएका छन् ।

क्यूआर कोर्ड एक डिजिटल प्रविधिबाट सुरक्षित सुसुचित तवरले तथा सहज र सुलभ ढंगले भुक्तानी गर्ने नवीनतम माध्ययम भएको नेपाल बंलादेश बैंकका नायव कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले बताए । उनका अनुसार अहिले नेपालमा विभिन्न बैंकहरुमार्फत अलगलमबकजसअलग नामबाट प्रयोगमा आएका क्युआर कोर्डहरु भोलिका दिनमा ९एनसिएचएल०बाट एउटै साझा ब्राण्डबाट अन्र्तक्रियात्मक बनाएको अवस्थामा क्युआर कोर्डबाट भविष्यमा नेपालका बैंकहरुले ठूलो कारोबार गर्न सक्ने भएकाले प्रमुख प्राथमिकतामा राखिएको छ ।

क्यूआर कोर्डबाट धेरैभन्दा धेरै सर्वसाधारण लाभान्वित हुन भन्ने उद्देश्यले बैंकको चावहिल शाखाअन्तर्गत चन्द्रविनायक मन्दिर परिसरमा रहेका तरकारी बजार तथा रेडिमेड गार्मेण्ट पसल व्यवसायीहरुलाई क्युआर कोर्ड वितरण गरिएको श्रेष्ठको भनाइ छ ।

त्यस्तै, राष्ट्र बैंकको सहकार्यमा बैंकहरुले उपभोक्ताहरुलाई सहज तरिकाले रकम भूक्तानीको लागि नोटरहित बनाएर डिजिटल कारोबारलाई बढवा दिनको लागि नै क्यूआर कोर्ड विस्तारलाई प्राथमिकता दिएको बैकर्स संघका अध्यक्ष तथा सानीमा बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० भूवन दाहालले बताए ।

उनका अनुसार कोरोना महामारीपछि बैंकिङ क्षेत्रमा आएको नयाँ टेक्नोलोजी नै क्यूआर कोर्ड रहेकाले पछिल्लो समय यसको प्रयोगकर्ता पनि एक्कासी अत्याधिक रुपमा बढ्दै गएका छन् । जसले गर्दा अब काठमाडौँ उपत्यकाका मुख्य फलफूल तथा तरकारी बजार जाँदा नगद बोक्नैपर्ने बाध्यता हटाउँदै डिजिटल कारोबारको युगको सुरुवात भएको उनको बताए ।

त्यस्तै, यता नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा क्यूआर कोर्ड प्रयोग गर्दा कुनै शुल्क नलाग्ने तर एटिएम कार्ड प्रयोग गर्दा शुल्क लाग्ने भएकाले क्यूआर कोर्ड प्रयोग गर्दा कसैलाई पनि घाटा नहुने बताउँछन् ।

उनका अनुसार विगत लामो समय देखि सानादेखि तारे स्टारका होटल, पसलहरुमा क्यूआर कोर्ड प्रयोग हुँदै आए पनि पछिल्लो समयमा सबै बैंकले तरकारी बजारमा तथा चिया पसलमा संकेत वितरण गर्ने गरी यसलाई अभियान नै सुरु गरेका छन् । यो अभियानमा सबै नलाग्दा डिजिटल प्रविधिमा पछाडी पढ्ने भएकाले पनि बैंकहरु आक्रमक रुपमा नै लाग्नुपर्ने देखिएको उनको भनाइ छ । यो अभियानले बैंक तथा उपभोक्ता सबैलाई फाइदा नै हुन्छ । उनले भने, यसको लागि इन्टरनेट चाहिन्छ । तर ३० सेकेन्डको लागि मोबाइल डाटा चलाउँदा र पकेटबाट पैसा निकाल्न उतिकै सयम लाग्ने भएकाले यसलाई झन्झट मान्न हुँदैन ।

त्यस्तै, सेञ्चुरी बैंकका नायव कार्यकारी अधिकृत मनोज न्यौपानेले पछिल्लो समय केन्द्रिय बैंकहरु धेरै मार्केटिङ गर्नेहरुमा पर्ने बताएका छन् । उनका अनुसार अहिले प्रायः सबै बैंकहरु देशका ७७ वटै जिल्लाका शाखाहरुले समेत क्यूआर कोर्ड वितरणलाई प्राथमिकता दिएका छन् । यसले गर्दा बैंकहरुको कारोबार रकम पनि धेरै राम्रो देखिएकाले अबको बैंकिङ क्षेत्रमा डिजिटल कारोबारको लागि क्यूआर र मोबाइल एपहरु नै धेरै उपयोगी हुँदै जाने उनले बताए ।

यस्ता मोबाइल एप, क्यूआर कोर्डमार्फत बैंकहरुले कारोबार गर्दा देशमा भएको पैसा देशभित्र नै बस्ने, बाहिरबाट आयात पनि गर्न नपर्ने आफैंले जेनेट गर्न सकिन्छ । अहिले एटिएम मेसिनहरुमा बाहिर नै पैसा गइरहेको छ । क्यूआर कोर्ड नेपालमा नै बनाउन सक्ने र पैसा पनि देशभित्र नै रहने भएकाले बैंकहरुले क्यूआर कोर्ड वितरणलाई व्यापकता दिँदै जाँदा सेञ्चुरी बैंक पनि यसबाट अछुतो रहन नसक्ने उनको भनाइ छ ।

त्यस्तै, सेञ्चरी बैंकका क्युआर कोर्ड प्रमुख यूनिस पुरीका अनुसार यस बैंक पनि सातै प्रदेशका शाखाहरु मार्फत क्यूआर कोर्ड वितरण गर्ने योजना बनाइ रहेको बताए ।

उनका अनुसार बैंकले प्रदेश नम्बर १ मा १२० वटा, प्रदेश २ मा ६७ वटा, बागमतीमा २९४, गण्डकीमा ११२, लुम्बिनीमा १३९, कर्णालीमा १६ र सुदुरपश्चिममा ७१ गरी ८१९ वटा क्यूआर कोर्ड वितरण गरेको छ ।

उनका अनुसार बैंकले यसभन्दा अगाडी यो सुविधा लिएको थिएन । तर अहिले अन्य बैंकको भन्दा नयाँ प्रविधिको क्यूआर कोर्ड प्रयोग गर्ने पहिलो बैंक सम्भवतः सेन्चुरी बैंक पहिलो भएको उनले बताए । अहिलेसम्म ८ सयभन्दा बढी क्यूआर कोर्ड वितरण गरेको र बैंकको सानो क्षेत्र भए पनि फलफूल तथा तरकारी पसल, चिया पसल, होटल, रेष्टुरेण्टहरुमा वितरणको कामलाई तिव्रता दिइएको उनले बताए ।

त्यस्तै, सिभिल बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अब हरेक कारोबार क्यासलेस बनाउने राष्ट्र बैंकको अभियानलाई सार्थकता बनाउनको लागि तथा डिजिटल कारोबार बढाउनको निम्ति सिभिल बैंकले पनि क्यूआर कोर्ड वितरण अभियानमा गएको बताए ।

उनका अनुसार अब उपभोक्ताले कुनै झन्झट रहित सहज तरिकाले कारोबार गर्नको लागि क्यूआर कोर्डले महत्वपूर्ण भूमिका खेल्न सहयोग गर्ने बताए । यसरी क्यूआर कोर्डमार्फत अब मानिसहरुले टेम्पो भाडा, मन्दिरमा भेटी दान, फलफूलरतरकारी तथा अन्य सामान खरिद गर्दा मोबाइलबाटै भुक्तानी गर्न सक्ने सिइओ गुरुङको भनाइ छ ।

क्यूआरबाट कारोबार गर्दा क्यास बोक्नुपर्ने समस्या हट्ने, पैसा हराउने डर नहुने, चोरी हुने डर पनि हराउने, कोरोना तथा सरुवा रोगरमहामारी फैलिने डर पनि नहुने भएकाले यो सबैको लागि उपयोगी बन्दै गएकाले क्यूआर वितरणमा तिव्रता दिएको उनले बताए ।