CG Electronics
IME Life
NIMB

शिखर इन्स्योरेन्सले शेयरधनीलाई लाभांश बढाउने प्रस्ताव

NIMB
Himalayan Bank


शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को लाभांश वितरण गरे पश्चात शेयरधनीहरुलाई ३० प्रतिशत लगानी थप्न लगाउने भएको छ । साथै इन्स्योरेन्सले संस्थापकको हिस्सा घटाएर साधरण शेयरधनीको हिस्सा बढाउने प्रस्ताव गरेको छ।

शिखरले लाभांश, हकप्रद तथा शेयर संरचना परिमार्जन लगायतका प्रस्ताव पारित गर्न चैत ९ गते १५ औं र १६ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारण सभा इन्स्योरेन्सको कार्यालय स्थित सभाहलमा साधारणसभा बिहान ११ बजे बस्नेछ ।

साधारणसभाले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट २७।७६९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै कर प्रयोजनका लागि १।४६२ प्रतिशत नगद लाभांश समेत वितरण गर्नेछ ।

बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड ६१ लाख ९२ हजार रुपैयाँ पुग्नेछ । उक्त चुक्ता पूँजीबाट ३० प्रतिशतले हुन आउने ५२ करोड ६८ लाख रुपैयाँ बराबरका ५२ लाख ६८ हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव साधारण सभामा लग्ने भएको छ ।

हकप्रद शेयर निष्कासनसँगै शिखरको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । चुक्ता पूँजी २ अर्ब रुपैयाँ नाघ्ने भएपछि शिखरले सोही साधारणसभाबाट अधिकृत पूँजी ४ अर्ब रुपैयाँ पुर्याउने भएको छ ।

शिखरले यसअघि पनि ३० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो । साथै सो साधारणसभामा ९ प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारणमा रुपान्तरण गरेर संस्थापक तथा साधारणको शेयर अनुपात ६०ः४० बाट ५१ः४९ बनाउने प्रस्ताव समेत राखेको छ । शेयर अनुपात परिमार्जन गर्दा शिखरको करिब १६ लाख कित्ता संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७६र७७ को बोनस पछि कायम पूँजीमा शेयर संरचना अनुपात रुपान्तरण गर्ने जनाएको छ ।

कम्पनीले लाभांश तथा सधारण सभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोजको मिति तोकेको छ । फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...