CG Electronics
IME Life
NIMB

नेपालमा सामाजिक न्यायकाे मुद्दा सामुहिक रुपमा उठाउनु पर्ने माग

NIMB
Himalayan Bank

काठमाडौ ।  सामाजिक न्यायकाे बिषय अब नेपालमा सामुहिक रुपमा उठाउनु पर्ने अवस्था आएको एक कार्यक्रमका सहभागीले जाेड दिएका छन ।अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा काठमाडौमा आयाेजित कार्यक्रमका सहभागीहरुले यस्तो कुरा उठाएका हुन । मानव अधिकार तथा अन्य विभिन्न अधिकारकाे क्षेत्रमा क्रियाशील १८ वटा सामाजिक संघसंस्थाले आयाेजना गरेको नेपालमा सामाजिक न्याय सम्बन्धि अन्तरसंवाद कार्यक्रममा याे बिषयमा व्यापक अन्तरक्रिया तथा छलफल भएको थियो । नेपालमा सामाजिक न्यायकाे बिषयमा विगत देखि वकालत गर्दै आएका विश्वभक्त दुलाल (आहुति) ले उक्त कार्यक्रम एक कार्यपत्र प्रस्तुत गरेका थिए ।उक्त कार्यपत्रमा डाक्टर उद्वव कार्की र अधिवक्ता शान्ति देवि खनाल टिप्पणीकर्ताकाे रुपमा रहेका थिए ।

कार्यपत्र प्रस्तुतकर्ता अाहुतिले नेपाली समाजमा अन्यायका मुद्दाहरु र तिनको स्राेत ,जात व्यवस्था ,पितृसत्तावाद,जातीय उत्पीडन,धार्मिक उत्पीडन,क्षेत्रीय उत्पीडन,वर्गीय उत्पीडन,सामाजिक न्यायको निम्ति प्रयत्न र आजको स्थिति ,आदि बिषषहरु समेटेका थिए । टिप्पणी कर्ता र सहभागीहरु नेपालकाे संविधानमा सामाजिक न्याय सम्बन्धि गरिएका व्यवस्थाहरु प्रयाप्त नभएको र भएका व्यवस्थाहरुकाे ब्यवहारीक रुपमा कार्यन्वयन नभएको कुरा उठाए ।अब नेपालमा एक्लाएक्लै भन्दा पनि सामाजिक न्यायकाे बिषय सामुहिक रुपमा उठाउनुपर्ने उनीहरूकाे धारणा थियो ।यी मुद्दाहरु संयुक्त रुपमा उठाए मात्रै राज्यले सुन्छकि भन्ने आशा हाे अपांगता समुदायकि अधिकारकर्मी मिना पाैडेले भनिन् ।

यस्तै कार्यक्रममा प्रतिनिधिमुलक ढंगले निलहिरा समाज बाट मनाेरञ्जन वैद्य,मुसलिम समुदाय बाट डाक्टर समिम अहमद ,बाैद्व धर्मावलम्बी बाट बसन्त महर्जन र इसाई समुदाय बाट समीर अधिकारीले पनि सामाजिक न्यायकाे नेपालकाे अवस्था बारे कुरा राखेका थिए ।कार्यक्रमकाे सहजीकरण साेच नेपालका महासचिव अर्जुन परियारले गरेका थिए भने कार्यक्रम संचालन फ्रिडम फर अल नेपाल (फान ) नेपालका महासचिव खगेन्द्र ओलीले गरेका थिए ।उक्त कार्यक्रमकाे निष्कर्षलाई आयाेजकले प्रधानमन्त्री,तथा विभिन्न सराेकारवाला निकाय समक्ष बुझाउने तयारी गरेको छ । बुझाउने बताएको छ ।

यस अगाडि आयाेजक संस्थाहरुले गएको फागुन ८ गते अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेर मनाएका थिए ।कार्यक्रममा फ्रीडम फर अल नेपाल(फान) ,सोच नेपाल युथ एड्भोकेसी नेपाल,छुवाछूत विरुद्धको बिश्व संजाल, एड्भोकेसी फोरम, निलहिरा समाज,अपाङ्गता महिला संघ नेपाल,ग्लोबल पिस फाउन्डेसन,महिला सुरक्षा दबाब समूह,मुस्लिम महिला कल्याण समाज,आडवान नेपाल,डानर नेपाल कोक्याप नेपाल, हुमन राईट फिलिम सेन्टर, युथ एक्सन नेपाल ,साइन नेपाल,हर नेपाल अपाङ्गता संगठन नेपाल लागाएत १८ वटा संस्थाहरु सहभागिता थियो ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...