महिला लघुवित्तको सुरुवाती कारोबार मूल्य सीमा प्रतिकित्ता ३१३ देखि ९३९ रुपैयाँसम्म तोकियो,आज देखि शुरु
Tuesday Mar 16, 2021
वि.सं.२०७७ चैत ३ मंगलवार १०:४२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले महिला लघुवित्तको १० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचीकरण गरेको छ।
नेप्सेले कम्पनीको सुरुवाती कारोबारको लागि प्रतिकित्ता ३ सय १३ रुपैयाँ १६ पैसादेखि ९ सय ३९ रुपैयाँ ४८ पैसा तोकिदिएको हो।
नेप्से र कम्पनीबीच चैत २ गते सोमबार सूचीकरण सम्झौता भएको हो।
कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत ४ लाख कित्ता साधारण सेयर सर्वसाधारणको लागि खुल्ला बिक्री आह्वान गरेको थियो। कम्पनीका संस्थापकहरुले लगानी गरेको ६ लाख कित्ता सेयर समेत गरी कम्पनीले जम्मा १० लाख कित्ता साधारण सेयर वितरण भएको थियो।
सम्झौता अनुसारआज देखि सेयरबजारमा कारोबार सुरु भएको छ ।
महिला लघुवित्तको प्रधान कार्यालय बनेपा नगरपालिका १३ साँगा काभ्रेमा छ। सूचीकरणसँगै त्यसपछि दिनुपर्ने आरटीएस सेवा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड हात्तीसार काठमाडौंबाट हुनेछ।
























