CG Electronics
IME Life
NIMB

पौने ६ लाख बढी कित्ता सेयर आज देखि लिलामीमा,ग्लोबलको ३ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको पौने ६ लाख बढी कित्ता संस्थापक सेयर आज बुधबारबाट लिलामीमा राखिएको छ।

एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरोमाइक्रोफाइनान्सको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको छ। लिलामीमा राखिएको सेयरमा इच्छुक विद्यमान संस्थापकहरु वा जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता ४३७ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै पनि हद नलाग्ने धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ। बोलपत्र एनआईसी एसिया क्यापिटलको काठमाण्डौ बबरमहलस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।
बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो वैशाख ७ गते बैंकिङ समयसम्म तोकिएको छ।

यता ,ग्लोबल आईएमई बैंक लिमिटेडको रु. ३ अर्बको ‘८.५% ग्लोबल आईएमई बैंक डिबेन्चर–२०८६/८७’ मा आवेदन दिने म्याद लम्बिएको छ।

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा चैत ४ गते र ढिलामा चैत १६ गते बैंकिङ समयपछि भनिएको थियो। तर मागबमोजिम आवेदन नपरेका कारण म्याद लम्बाउनुपरेको धितोपत्र बिक्री प्रबन्धक सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ। अब चैत १६ गतेअघि नै मागभन्दा बढी आवेदन परेमा जुनसुकै दिन सूचना प्रकाशित गरी निष्कासन गर्न गरिने क्यापिटलले जनाएको छ।

गत चैत १ गतेदेखि यो ऋणपत्रको निष्कासन गरिएको थियो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ। सर्वसाधारणका लागि निष्कासन गरिएको कुल १२ लाख इकाइमध्ये ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ भने बाँकी ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्ति सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

ग्लोबल आईएमई बैंकको यो ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्डले गत फागुन १६ गते अनुमति दिएको थियो। यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...