एनआईसी एशिया लघुवित्तको सेयर आजदेखि किनबेच गर्न तोकियो
Wednesday Mar 31, 2021
वि.सं.२०७७ चैत १८ बुधवार २२:२२

काठमाडौं । एनआईसी एशिया लघुवित्तको आज अर्थात चैत १८ गतेदेखि सेयर कारोबार खुला भएको छ । यससँगै लगानीकर्ताले आजदेखि उक्त कम्पनीको सेयर किनबेच गर्न पाउने भएका छन् ।
मर्जर प्रयोजनको लागि रोक्का रहेको संस्थाको सेयर कारोबार नेप्सेले आजदेखि फुकुवा गरिदिएको हो ।
एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने प्रयोजनको लागि सेयर कारोबार रोक्का भएको थियो ।
यससँगै संस्थाको पहिलो कारोबार प्रतिकित्ता ७६५।१२ रुपैयाँमा हुने नेप्सेले जनाएको छ । दोश्रो बजारमा संस्थाको एनआइसीएलबीएसएल को नामबाट सेयर कारोबार हुने छ




























