IME Life
NIMB

चित्र लेखनमार्फत विविध अपाङ्ग भएका व्यक्तिहरुमाथि जलवायू परिवर्तनले पार्ने प्रभाव र सचेतना कार्यक्रम

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल आदिवासी अपाङ्ग महिला संघ (निडवान)को आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई जलवायू परिवर्तनले कसरी असर पु¥याउँछन् भन्ने विषयमा चित्र लेखनमार्फत विविध अपाङ्ग भएका व्यक्तिहरुमाथि जलवायू परिवर्तनले पार्ने प्रभाव र सचेतना कार्यक्रम गरेको छ ।

कृष्ण मन्दिरस्थित ललितपुरको पाटन दरवार स्वायरमा दर्जन भन्दा बढी कलाकारहरुले सक्रिय सहभागी भएर चित्रमार्फत उक्त कुराहरु प्रस्तुत गरेका थिए ।

‘‘समावेशीकरणको कलाः जवलवायु परिवर्तन अपाङ्ग भएका विविध व्यक्तिहरुको अनुभवमा पुनः आकार’’ दिने काम गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ कलाकार केके कर्माचार्यले जलवायु परिवर्तनको मार सबैलाई पर्ने भएपनि सबैभन्दा बढी जोखिम अपाङ्ग भएको व्यक्तिहरुलाई पर्ने बताए ।

जलवायू परिवर्तनले सबैलाई असर गर्छन त्यसमाथि पनि आदिवासी अपाङ महिलाहरुलाई बढी जोखिम छन् । त्यस्तो बेला अपाङ भएका व्यक्तिहरुलाई कसरी सहयोग पु¥याउन सकिन्छ भन्ने कुरामा जोड दिनु पर्ने बताए ।

जलवायु परिवतनको असरबाट सोचेको जस्तो नहुनेर जोखिम कतिबेला हुन्छ भनेर हुन्छ नहुने भएपनि । जोखिमलाई न्यूनिकरण गर्नु समयमा नै सचेतना अपनाउनु पर्ने बताए । कर्मचार्यले आफूले कोरेको चित्र देखाउँदै पृथ्वी, सूर्य, खोला नाला, वनजंगल त्यसमा जलवायू परिवर्तनले पारेको असरमाथि प्रकाश पारेका थिए ।
अर्का अतिथि दीपक ज्ञवालीले जलवायु परिवर्तनले अन्नबालीहरु कोदो, मकै, धानजन्य बालीमा असर गरेको बताउँदै जलवायु प्रति सचेत हुनुपर्ने कुरामा जोड दिए ।

आदिवासी अपाङ महिला संघ (निडवान)की अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका सह–प्राध्यापक प्रतिमा गुरुङले कार्यक्रमको उद्देश्य बढ्दो जलवायु परिवर्तनले नेपालको आदिवासी विविध अपाङ्ग भएका व्यक्तिहरुमा जागरण ल्याउन र त्यसप्रति स्वयम् व्यक्तिहरुमाथि आउने जोखिम न्यूनिकरण गर्नु र तयारीका बारेमा सचेतना जगाउने कार्यक्रम रहेको बताईन् ।

आदिवासी जनजाति विविध अपाङ् भएका महिलाहरुले भोग्नु परेको समस्या झनै जटिल बन्दै गरेको अवस्थामा जलवायु परिवर्तनबारे थाहा भएपनि यथार्थमा मनन् गर्न नसक्नाले चित्र मार्फत अनुभूति हुनेगरि चित्र कोर्ने कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।

गुरुङले जलवायु परिवर्तनको एकातिर छ, अकोतिर विविध अपाङ भएका व्यक्तिहरु छन् । सबैको आ–आफ्नै समस्या छन् । अनुभूति हुन सकोस् । यस्तो कार्यक्रमबाट जनचेतनाको जागोस् भनेर कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

कार्यक्रममा कलाकार रिया विश्वकर्माले आफू पहिलो पटक कला लेखन कार्यक्रममा सहभागी भएका र त्यस कार्यक्रमले हौसला बढाएको बताइन् । बाढी पहिरोबाट जो पनि जोखिममा पर्ने सक्ने बताउँदै उनले अपाङ भएका व्यक्तिहरुमाथि कठीन अवस्था भएपनि जलवायु परिवर्तन भएको बेला झन् बढी कठीन हुने सुनाईन् ।

मिथिला कलाकी अर्का कलाकार मोनिका शाहले मिथिला कलासँग झल्किने चित्रकला कोरेर तराई क्षेत्रको जनजीवन र त्यसमाथि अपाङ्ग महिलाको अवस्थाका बारेमा आफ्नो चित्रकला प्रस्तुत गरेका थिए ।

अर्का कलाकार लक्ष्मीभक्त माथेमाले आफू जलवायू परिवर्तन सम्बन्धी विषयमा पहिलो पटक त्यस प्रकारको कला लेखनमा सहभागी भएको बताए । धेरै आइडियाहरु प्राप्त भयो र ज्ञानहरु आदान प्रदान गर्न सहज भएको बताए ।

कलाकार जनक जोशीले जववायू परिवर्तनबाट अपाङ भएकाहरुमाथि जलवायू परिवर्तनले कसरी असर पु¥याउँछन् भन्ने बारेमा आफ्नो चित्र प्रस्तुत गरेका थिए ।

कलाकार लक्ष्मी लामीछानेले आफू स्वास्थ्य क्षेत्रमा भएपनि कला लेखनमा रुची राख्ने गरेको बताईन् । कला लेखन कार्यक्रम आफैमा विशेष किसिमको रहेको अनुभव सुनाईन् । लामिछानेले लेखेको कला लेखनमा जलवायू परिवर्तनले हिमाल समेत रातो भएको पृष्ठभूमिमा देखाएको थियो । तापक्रम बढीरहँदा हिउँ पग्लेको अवस्थामा प्रकृतिमा आएको विपत्तिको संकेत थियो ।

कलाकार मनोहर प्रजापतिले आफू कलाकार भएपनि त्यसप्रकारको कार्यक्रममा पहिलो पटक सहभागी भएको सुनाए । प्रजापतिले आदिवासी जनजातिहरुले भोग्नु परेको विविध समस्या त धेरै छन् । त्यस प्रकारको कार्यक्रम नयाँ भएको बताए ।

दर्जनभन्दा बढी कलाकारहरु सहभागी भएको उक्त चित्र लेखन कार्यक्रममा जलवायू परिवर्तन, त्यसले पारेको प्रभावका बारेमा कलाकारहरुले चित्र कोरेका थिए ।

चित्र लेखन कलामा विशेष गरि विविध अपाङ भएका व्यक्तिहरुले सामना गर्नु पर्ने कठिनाईहरुलाई बढी जोडदिएका छ ।

जलवायु परिवर्तनबाट मानव जीवन कति जोखिममा छन् भनेर प्रस्तुत गरेका ती चित्रहरुमा पृथ्वीमा मानवले सिर्जना गतिविधि, जोखिम न्यूनिकरण, सद्भावको भावनाहरु झल्किने गरि आउने समयमा सतर्कता अपनाउनु पर्छ भन्ने विषय जोड दिएका थिए ।
कलाकार विशाल थामीले जलवायू परिवर्तनमा थामी महिलाहरुको अवस्था दर्शाएका थिए ।

कोरिएका चित्रहरुमा पृथ्वी, मानव जातिको मात्र नभई सबै प्राणीहरुको साझा घर भएकाले पृथ्वीको संरक्षण गर्न प्रकृतिको संरक्षण गर्नु पर्ने कुरामा जोड दिएका थिए । जीवजन्तुहरु, सूर्य, चन्द्रमा, हावापानी रुख, विरुवा, घर–परिवार, पशुपालन, कृषि, जलचर, थलचर आदि समेटिएका चित्रहरु कोरेर चित्र आफै बोल्छन् भन्ने कुरालाई सार्थकता दिएका थिए ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...