मुख्य खबर

साउन देखि शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीलाई सरकारले भत्ता दिने,अरू के-के छन् सुबिधा ?

  • आर्थिक प्लस संवाददाता

    २०७७ चैत्र २२ गते, आईतवार ०९:४२ मा प्रकाशित

 

काठमाडौं । राष्ट्रिय शिक्षा नीति २०७६ ले ब्यबस्था गरे अनुसार अब सरकारले शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई थप सेवा सुविधा दिने तयारी गरेको छ ।

शिक्षा नीति अनुसार अब, दुर्गम क्षेत्रका विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीहरुलाई आवश्यकताका आधारमा थप दिने तयारी थालेको हो । ‘दुर्गम क्षेत्रका विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीलाई आवश्यकताका आधारमा थप सुविधा दिन सकिने व्यवस्था क्रमशः गरिनेछ ।’ भनेर शिक्षा नीतिमा प्रष्ट उल्लेख गरिएको छ ।

राष्ट्रिय शिक्षा नीतिको अर्को बुदामा भनिएको छ, ‘सबै सार्वजनिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन विद्यार्थी–शिक्षक अनुपात हेरी देशभरीका सबै विद्यालयमा पाँच वर्षभित्र योग्य, दक्ष र स्वःउत्प्रेरित बिषय शिक्षकको व्यवस्था गरिनेछ ।’ भन्ने पनि उल्लेख गरिएको छ । त्यो भए संगै अब सबै शिक्षकले साउन पछि बाट भत्ता पाउने छन्। बजेटमै ब्यबस्था गरेर अगाडी बढ्न शिक्षा मन्त्रालयले अर्थ मन्त्रालय संग अनुरोध गरे संगै सो कार्य हुन् लागेको हो।