Nabil Bank
prabhubank
nic bank

शिक्षा क्षेत्रको नियुक्तिमा हस्तक्षेप हुँदैन, भइहाले कारवाही हुन्छ : मन्त्री श्रेष्ठ

मिडिया स्पेस सोलुसन्स प्रालि

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूको नियुक्तिको प्रक्रियामा पदेन सहकुलपति(मन्त्री) भएपनि हस्तक्षेप नगर्ने बताएकी छिन् ।

मंगलबार मन्त्रालयमा विश्वविद्यालयहरूको बारेमा विज्ञहरूको सुझाव लिदैँ उनले आफू र आफ्नो पार्टी तर्फबाट हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै अरुबाट भएको छ भने पनि कारबाही गर्ने बताएकी छिन् ।

उनले भनिन्, ‘म कसैलाई फोन गरेर यसलाई नियुक्ति गर, उसलाई नगर भन्दिन । मेरो पार्टीको कसैलाई त्यस्तो फोन आयो भने मलाई भन्नु भनेको छु । यस्तो काम मेरो पार्टीबाट र मबाट हुदैँ हुदैँन् । अरुले गरेहालेपनि मलाई भन्नु, म पदेन सहकुलपति छु । त्यसैले मापदण्ड बनाएर नियुक्ति प्रक्रिया समान गर्नको लागि प्रयोग गर्छु । यो मेरो प्रतिवद्धता भयो ।

उनले विद्यमान कानुन अनुसार कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने भन्दै त्यस्तो पाइए कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् ।

उनले भनिन्, ‘हाम्रो कानुनमा राखिएको छ र स्पष्ट रुपमा भन्छ कि शिक्षक र कर्मचारीहरु राजनीतिक पार्टीको कुनैपनि कार्यकारीमा बस्नु हुँदैन । शिक्षा ऐनले यो कुरा भन्छ ।

राजनीतिक दल सम्बन्धीको ऐनले कर्मचारी र शिक्षकलाई सदस्यता नदिनु भन्छ । यो कानुनमा नभएको कुरा होईन्, यो हामीले कसरी गर्ने भन्ने कुरामा ध्यान दिन नसकेको हुनाले गा¥हो भइरहेको मात्रै हो ।

म शिक्षामन्त्रीको हैसियतले ऐनहरु कार्यान्वयन गर्ने काम गरिहाल्छु । त्यसमा मलाई प्रमाणसहित नाम दिनु त्यो कार्यान्वयनको पाटो म अगाडि लग्छु । यो मेरो प्रतिबद्धता हो ।’

उनले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका सदस्यहरुको नियुक्ति स्वतन्त्र रुपमा हुने र त्यसमा आफ्नो संलग्न नहुने बताइन ।

उनले भनिन्, ‘त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यको नियुक्तिको प्रक्रिया अगाडि बढेको छ । त्यसमा पनि उपसमिति बनाएर अगाडि बढेका छांै । त्यसमा मापदण्ड बनाएका छौं तर त्यसपछिको प्रक्रिया र अन्तरवार्तामा म सहभागी छैन् । उपसमितिले नै सिफारिस गर्नुहुन्छ र म त्यही हिसाबमा अगाडि बढ्छु ।’

मन्त्री श्रेष्ठले शिक्षण पेशामा आकर्षण बढाउने विषयमा पनि कार्यदल बनेको भन्दै त्यसले ठोस परिणाम दिने विश्वास व्यक्त गरिन । विद्यालय भर्ना अभियान प्रभावकारी बनाइने उनले बताइन ।

 

 

शर्मा किर्गिज गणतन्त्रको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा खुल्यो कार्यालय

शर्मा किर्गिज गणतन्त्रको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा...

वि.सं.२०८१ जेठ ३ बिहीवार २३:५३

  काठमाडौं । काठमाडौंको सीतापाइलामा किर्गिजस्तानको अवैतनिक वाणिज्य दूतको कार्यालय...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस् : इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति...

वि.सं.२०८१ जेठ ३ बिहीवार २३:४५

काठमाडौं ३, जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष...

नेपालमा विद्युतीय सवारी साधनको प्रमोशन गर्नुपर्छ  : कुलमान घिसिङ

नेपालमा विद्युतीय सवारी साधनको प्रमोशन गर्नुपर्छ :...

वि.सं.२०८१ जेठ ३ बिहीवार १७:२२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ले नेपालमा...

नीतिगत स्थिरतामार्फत् लगानीमैत्री वातावरण निर्माण गर्न निजी क्षेत्रको माग

नीतिगत स्थिरतामार्फत् लगानीमैत्री वातावरण निर्माण गर्न निजी...

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौं, जेठ ३ । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई...

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटे

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटे

वि.सं.२०८१ जेठ २ बुधवार २३:०३

  काठमाडौं । पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटेको छ...

क्रिकेटर लामिछानेको निलम्बन फुकुवा

क्रिकेटर लामिछानेको निलम्बन फुकुवा

वि.सं.२०८१ जेठ २ बुधवार १९:४९

  काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाएको...