म्यान्मारको बैंकले डरलाग्दो दानापानी खुवाउने भएपछि गुरुङले छोडे सिभिल बैंक,राजीनामा भोली स्वीकृत हुँदै
Saturday Apr 17, 2021
वि.सं.२०७८ वैशाख ४ शनिवार १६:१९

काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले पदावधि बाँकी रहँदै पदबाट राजीनामा दिएका छन्। म्यानमारको म्यानमार सिटिजन्स बैंकमा सिईओको रूपमा कार्यभार सम्हाल्न जाने भएपछि उनले सिभिल बैंकबाट राजीनामा दिएका हुन्।
बैंक उच्च स्रोतका अनुसार उनको राजीनामा आइतबार (भोलि) बस्ने सन्चालक समितिको बैठकले स्वीकृत गर्ने छ।
सिभिल बैंक सीईओबाट दिएको राजीनामाबारे गुरुङले कुनै प्रतिक्रिया दिन चाहेनन्।
गुरुङले हिमालय बैंकबाट बैकिङ करिअर सुरु गरेका हुन्। उनी सन् २०१२ मा निमित्त सिईओको रुपमा बैँक प्रवेश गरेका थिए। त्यसअघि उनले मेगा बैंकमा काम गरेका थिए।
गुरुङ विदेशी बैंकको पहिलो नेपाली सीइओ हुनेछन्। गुरुङले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्। लमजुङमा जन्मिएका गुरुङ संगीत क्षेत्रमा पनि रुचि राख्छन्।

























