nic bank
himalayan everesat
Nmb bank

८४ करोडमा ल्याएर त्रिपालले छोपेको चुच्चे रेल जेठदेखि हुँईकिने,कति गतेलाई जुर्यो साईत ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । जनकपुर–जयनगर रेलमार्ग १ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । विगत ७ महिनादेखि त्रिपाल मुनि थन्किएको रेल जेठबाट सञ्चालनमा ल्याइने भएको हो ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले जेठ पहिलो साता भित्र रेल सञ्चालनमा ल्याउन सकिने बताए । उनले जेठ महिनाको पहिलो सातामा रेल सञ्चालन नआए जेठभित्र सञ्चालनमा आउने बताए ।सरकारले यस अघि रेल संचालन गर्ने मिति पटक पटक तोके पनि अझै संचालनमा ल्याउन सकेको छैन ।

सरकारले असोज २ गते ८४ करोड खर्चेर जनकपुर–जयनगर रुटमा संचालन गर्न रेल ल्याएको थियो । रेल सञ्चालनका लागि मुलुकमा छुट्टै कानुन पनि तयार छैन । रेलवे सम्बन्धी विधेयक राष्ट्रियसभामा पेश भएको छ । सदन नचलेका कारण त्यसमा छलफल हुनै पाएको छैन । उक्त विधेयक छलफलमा गएर तत्कालै पास भइहाल्ने अवस्था नहुँदा सोही कारण फास्ट ट्रयाकमा अध्यादेश ल्याएर रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी रहेको छ ।

रेल चलाउन आवश्यक पर्ने प्राविधिकसहितका जनशक्ति अझैसम्म व्यवस्थापन भइसकेको छैन । जनशक्ति परिचालन सम्झौताको अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ । रेल सञ्चालनका लागि २५० कर्मचारी हाराहारी आवश्यक पर्ने अनुमान गरिएको छ । शुरूमा रेल सञ्चालन गर्नका लागि भारतबाट समेत केही प्राविधिकहरु झिकाउनु पर्ने रेल विभागले जनाएको छ ।

अस्थायी नियुक्ति गरेर सेवा सञ्चालन गर्ने रेलवे कम्पनीको योजना रहेको थियो । त्यसका लागि अनलाइन आवेदन पनि खुलाइएको थियो । त्यसमा ३५ हजारले आवेदन दिएका थिए । तर, अस्थायी नियुक्ति दिएका कर्मचारीका कारण व्यवस्थापनमा अप्ठ्यारो पर्ने भन्दै लोकसेवाले हस्तक्षेप गरेको थियो ।

लोकसेवाको प्रक्रिया लामो हुने भएकाले कर्मचारी नआउन्जेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग कर्मचारी मागिएको मन्त्रालयले जनाएको छ । सामान्यले ७० जना कर्मचारी उपलब्ध गराउने भएको छ । अधिकांश सडक विभागका इन्जिनियरहरु नै रेलवे तर्फ राखिने तयारी रहेको छ ।

रेलवे सामान्य सञ्चालन गर्न करिब १७० जना कर्मचारी आवश्यक पर्ने छ । ७० जना सामान्य, पुरानो चलाएका ७० जना, २६ जना छुट्टै भारतबाट प्राविधिक भित्र्याउनु पर्ने देखिन्छ । आवश्यक संख्यामा कर्मचारीको टुंगो लागेपछि मात्रै रेल सेवा सञ्चालनको बाटो खुल्ने रेलवे कम्पनीको भनाइ छ ।

रेल सेवा सञ्चालनका लागि स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर चाहिन्छ । कम्पनीका अनुसार त्यो तयार हुँदैछ । नेपाली पक्षसँग रेल सञ्चालनको अनुभव नभएकाले प्रोसिड्योर भारतीय पक्षलाई बनाइदिन आग्रह गरिएको थियो ।

प्रोसिड्योरमा प्राविधिक र कर्मचारी व्यवस्थापन, पदीय जिम्मेवारी, रेल छुट्ने तालिका, टिकट व्यवस्थापन, रुट लगायत सञ्चालन सम्बन्धी विषयहरु समावेश हुन्छन् ।यद्यपि, रेलवे कम्पनीले भने भारतबाट जनशक्ति ल्याएर जेठ मसान्त भित्रै संचालनमा ल्याइने जनाएको छ ।

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  :  राजेन्द्र महतो

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  : ...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४७

  पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म...

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४२

  अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा...

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् : गर्भनर अधिकारी

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् :...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:३५

  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै...

मन्त्रिपरिषद् बैठकको निर्णय : तीन जना सचिव पदमा बढुवा

मन्त्रिपरिषद् बैठकको निर्णय : तीन जना सचिव...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:१९

  सरकारले तीन जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ...

नवनियुक्त महालेखापरीक्षक रायले लिए शपथ

नवनियुक्त महालेखापरीक्षक रायले लिए शपथ

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:०७

नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिएका छन्...