CG Electronics
IME Life
NIMB

८४ करोडमा ल्याएर त्रिपालले छोपेको चुच्चे रेल जेठदेखि हुँईकिने,कति गतेलाई जुर्यो साईत ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । जनकपुर–जयनगर रेलमार्ग १ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । विगत ७ महिनादेखि त्रिपाल मुनि थन्किएको रेल जेठबाट सञ्चालनमा ल्याइने भएको हो ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले जेठ पहिलो साता भित्र रेल सञ्चालनमा ल्याउन सकिने बताए । उनले जेठ महिनाको पहिलो सातामा रेल सञ्चालन नआए जेठभित्र सञ्चालनमा आउने बताए ।सरकारले यस अघि रेल संचालन गर्ने मिति पटक पटक तोके पनि अझै संचालनमा ल्याउन सकेको छैन ।

सरकारले असोज २ गते ८४ करोड खर्चेर जनकपुर–जयनगर रुटमा संचालन गर्न रेल ल्याएको थियो । रेल सञ्चालनका लागि मुलुकमा छुट्टै कानुन पनि तयार छैन । रेलवे सम्बन्धी विधेयक राष्ट्रियसभामा पेश भएको छ । सदन नचलेका कारण त्यसमा छलफल हुनै पाएको छैन । उक्त विधेयक छलफलमा गएर तत्कालै पास भइहाल्ने अवस्था नहुँदा सोही कारण फास्ट ट्रयाकमा अध्यादेश ल्याएर रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी रहेको छ ।

रेल चलाउन आवश्यक पर्ने प्राविधिकसहितका जनशक्ति अझैसम्म व्यवस्थापन भइसकेको छैन । जनशक्ति परिचालन सम्झौताको अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ । रेल सञ्चालनका लागि २५० कर्मचारी हाराहारी आवश्यक पर्ने अनुमान गरिएको छ । शुरूमा रेल सञ्चालन गर्नका लागि भारतबाट समेत केही प्राविधिकहरु झिकाउनु पर्ने रेल विभागले जनाएको छ ।

अस्थायी नियुक्ति गरेर सेवा सञ्चालन गर्ने रेलवे कम्पनीको योजना रहेको थियो । त्यसका लागि अनलाइन आवेदन पनि खुलाइएको थियो । त्यसमा ३५ हजारले आवेदन दिएका थिए । तर, अस्थायी नियुक्ति दिएका कर्मचारीका कारण व्यवस्थापनमा अप्ठ्यारो पर्ने भन्दै लोकसेवाले हस्तक्षेप गरेको थियो ।

लोकसेवाको प्रक्रिया लामो हुने भएकाले कर्मचारी नआउन्जेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग कर्मचारी मागिएको मन्त्रालयले जनाएको छ । सामान्यले ७० जना कर्मचारी उपलब्ध गराउने भएको छ । अधिकांश सडक विभागका इन्जिनियरहरु नै रेलवे तर्फ राखिने तयारी रहेको छ ।

रेलवे सामान्य सञ्चालन गर्न करिब १७० जना कर्मचारी आवश्यक पर्ने छ । ७० जना सामान्य, पुरानो चलाएका ७० जना, २६ जना छुट्टै भारतबाट प्राविधिक भित्र्याउनु पर्ने देखिन्छ । आवश्यक संख्यामा कर्मचारीको टुंगो लागेपछि मात्रै रेल सेवा सञ्चालनको बाटो खुल्ने रेलवे कम्पनीको भनाइ छ ।

रेल सेवा सञ्चालनका लागि स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर चाहिन्छ । कम्पनीका अनुसार त्यो तयार हुँदैछ । नेपाली पक्षसँग रेल सञ्चालनको अनुभव नभएकाले प्रोसिड्योर भारतीय पक्षलाई बनाइदिन आग्रह गरिएको थियो ।

प्रोसिड्योरमा प्राविधिक र कर्मचारी व्यवस्थापन, पदीय जिम्मेवारी, रेल छुट्ने तालिका, टिकट व्यवस्थापन, रुट लगायत सञ्चालन सम्बन्धी विषयहरु समावेश हुन्छन् ।यद्यपि, रेलवे कम्पनीले भने भारतबाट जनशक्ति ल्याएर जेठ मसान्त भित्रै संचालनमा ल्याइने जनाएको छ ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...