कुमारी बैंकको संस्थापक शेयर बढ्यो, शेयरको मूल्य ?
Sunday Apr 25, 2021
वि.सं.२०७८ वैशाख १२ आइतवार २०:५८

काठमाडौं । नेप्सेमा कुमारी बैंकको संस्थापक शेयर बजार मूल्य भने बढेको छ । कम्पनीहरुमा सुचीको पहिलो नम्बरमा कुमारी बैंकको संस्थापक शेयर रहेको छ ।
कम्पनीको शेयर १०० बाट १४ प्रतिशतले बढेर ११४ रुपैयाँ पुगेको छ । सामान्यता कम्पनीको शेयर मूल्य १० प्रतिशतमात्र घटबढ हुन पाउने भएपनि कुमारी बैंकको संस्थापक शेयर मूल्य १४ प्रतिशतले बढेपछि लगानीकर्ताको चासो बढेको छ ।
यदि कुनै कम्पनीको शेयर १५ दिनसम्म कारोबार भएको छैन भने त्यसपछि हुने कारोबारको लागि मूल्य सीमा परिवर्तन गर्न सकिने ब्यबस्था रहेको उनले बताए । धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ ले यस बारे ब्यबस्था गरेको छ । विनियमावलीको दफा १२ मा मूल्य परिवर्तन सीमा समबन्धि ब्यबस्था छ । जसको दफा १२ को ४ मा कुनै धितोपत्रको कारोवार लगातार पन्ध्र दिनसम्म नभएमा त्यस पछि हुने पहिलो कारोबारका लागि नेप्सेले मूल्य परिवर्तनको सीमालाई खुल्ला गर्न सक्नेछ ।
त्यस्तै नियमावलीले भने त्यसको अवधिलाई २ महिना कायम गरेको छ । विनियमावली र नियमावलीको ब्यबस्था बाझिए विनियमावलीको ब्यबस्था लागु हुने प्रवक्ता पराजुलीको भनाई छ ।
त्यस्तै लिलाम वा अन्य कुनै माध्यमबाट मूल्य तय भई हुने कारोबारमा पनि १० प्रतिशतको सीमा नलाग्ने प्रवक्ता पराजुलीले बताए ।
कुमारी बैंकको संस्थापक शेयरको २ वटा कारोबार भएको छ । दुवै कारोबार ११४ रुपैयामा भएको छ भने दुवै कारोबारमा समान २ हजार ५ सय कित्ता कारोबार भएको छ । यसरी कुल ४५ हजार कित्ता शेयर कारोबार भएको हो । यी सबै शेयर ४९ नम्बरबाट बिक्रि भई ५७ ब्रोकरबाट खरिद भएको हो ।
























