पाथिभारा माताको दर्शनसँगै जेष्ठ ७ गतेको राशिफल
Friday May 21, 2021
वि.सं.२०७८ जेठ ७ शुक्रवार १०:१८

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन राम्रो रहनेछ, विवाह सम्बन्धि आइरहेका अप्ठयाराहरुलाई आज समाधान गर्ने अवसरको रुपमा लिनुहोला, विवादमा सफलता पाइने, शत्रु बाधाबाट मुक्त भइने, कतैबाट धन अथवा सामाग्रीको प्राप्ति योग पनि बनिरहेको छ, सकारात्मक हुनुभयो भने आज नजिकका व्यक्तिहरुबाट मायाप्रेम पाइने अथवा आफूले अभिव्यक्त गर्न सकिने सम्भावना प्रबल छ । साझेदारी कार्यमा लाभ लिने खालको दिन छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन शुभर हनेछ । कार्य सफलता, शत्रु पीडाबाट मुक्ति, धन आगमन, अन्न तथा वस्त्र लाभ गराउनुको साथै आफ्नै घरमा आनन्दमय वातावरणमा रमाइलो जमघट वा मिठो भोजन सहितको भलाकुसारी हुने सम्भावना छ, चिनामा कुनै खराब ग्रहको दशा चलिरहेको छ भने चाँही ग्रह शान्ति उपाय गर्नुहोला ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
केही कुराले मन खिन्न हुनसक्छ, कार्यक्षेत्रमा बाधा वा मत भिन्नता आउनसक्छ, खर्चहरु थपिने, गरिएका निर्णयहरु गलत हुनसक्ने, कुटुम्ब वा सहकर्मीहरुसित असमझदारीको स्थिति आउनसक्ने, शारिरिक शिथिलता लगायत अन्य खालको स्वास्थ्यमा समस्या आउनसक्ने सम्भावना भएकोले सचेत रहनुहोला ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विश्वास गरेकाहरुले निराश गर्नेछन्, धन, पैतृक सम्पत्ति वा आर्थिक कुराहरुसँग सम्बन्धित समस्याहरुले सताउने सम्भावना छ, रोग व्याधि तथा शत्रु पक्षबाट पनि सतर्करहनुहोला, घरेलु झगडा, कार्यहानी, भोजन तथा निद्रामा असुविधा, मित्रहरुबाट घात हुनसक्ने, चोटपटक जस्ता कुराहरु हुन सक्छन्, आज विवादबाट सकेसम्म बच्ने प्रयास गर्नुहोला ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन मध्यम रहनेछ, मनमा प्रशन्नता, घरायसी सुख तथा आदर सत्कारमा सरीक भइने, धन लाभ वा धन सम्बन्धि सही ठाउँमा खर्च हुने, आरोग्य प्राप्ति हुने, मित्र तथा बन्धु सुख प्राप्त भइ शत्रुजनित पिडाबाट छुटकारा मिल्ने सम्भावना छ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उत्साहमा कमी आउन सक्छ, व्यर्थको श्रम, गलत ठाउंमा धन खर्च हुने, बन्धुबान्धवमा वैमनस्यता बढने, मनमा विकार वा असन्तोष बढने, यात्रामा सावधानी र क्रोधमाथि नियन्त्रण राखि विवाद र झमेलाबाट बच्नुहोला ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन राम्रो रहनेछ, भोगविलासमा वा रमाइलोमा समय बित्ने, आरोग्य प्राप्ति, पराक्रममा वृद्धि, हरेक कार्यमा भाग्यले साथ दिएको महसुस हुनेछ । धन खर्च गर्दा र खानपान गर्दा भने ध्यान दिनुपर्नेछ, कर्म क्षेत्रमा भने जिम्मेवारी लिएका कार्यहरु आज दोहोरयाएर चेकगर्नुहोला ।
अशान्त चित्तले ग्रसित हुनुपर्ने योग छ, खर्च बढने, नचिताएको मानसिक तथा शारिरिक कष्ट हुने, खानापानमा अरुची अथवा समस्या देखापर्ने, कार्यस्थलमा हानी, नजीककाहरुले वा कुटुम्बहरुले भित्रभित्रै रिस गर्नेछन, मित्रहरुसँग सम्बन्ध विग्रने योग छ, सन्तान पक्षको ध्यानदिनुहोला ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन राम्रो छ । प्रयास गरेको खन्डमा आर्थिक पक्ष बलियो बन्ने योग छ, व्यापारमा पर्याप्त लाभ, सन्तान पक्षबाट खुशी प्राप्त, विशेष रमझम र खानपानमा सहभागी भइने, मित्र तथा बन्धुबान्धवहरुबिच रमाइलोमा समय बित्नेछ, स्वास्थ पक्ष राम्रो हुनेछ, घरमा शुभ तथा मांगलिक कार्यहरु हुन सक्नेछन । आफूले मान्नुपर्ने मान्छेहरुबाट फाइदा हुने योग चलेको छ ।
विशेष सुख दिनेखालको दिन छ, आत्मविश्वास बढने, विगतमा गरेको कुनै कार्यको सही मूल्याकंन हुनसक्नेछ, ख्याति पाइने वा अरुले कदर गर्ने आरोग्यता प्राप्ति, धन लाभको स्थिती बन्ने, मित्रहरुको सहयोग पाइने वा लाभ पाइने, गरेका कार्यहरुमा सफल भइने, नयाँ कार्यको थालनी हुने अथवा गरिरहेको काममा थप नयाँ कार्य शुरु हुने खालको दिन छ । सरकारी वा सार्वजनिक पद धारण गर्नेहरुलाई बिशेष लाभ मिल्ने बलियो सम्भावना छ ।
कुम्भ–AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विगतमा भए गरेका अरुको र आफनो गल्तीहरुलाई बिर्सेर संवाद गर्नुपर्ने समय आएको छ, समस्या निराकरणको लागि पुराना तितास्मृतिहरुलाइ हटाएर अनौपचारिक संवाद र छलफल शुरु गर्नुभएमा तँपाइको सोचेअनुसारको उचाइ प्राप्त गर्न सक्नुहुन्छ, शिक्षा र प्रविधिको क्षेत्रमा लाग्नेहरुलाइ भने दिन उपलब्धिमुलक रहनेछ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय सन्तोषजनक नहुन सक्छ । कष्ट, पीडा, धपेडी, कलह, झर्को लागिरहने, अत्यधिक खर्च, विश्वास गरेकाले धोकादिने, अरुबाट प्रताडित वा भयले ग्रसितहुनुपर्ने दिन छ, रोग व्याधिले च्याप्न सक्ने, अपच वा खानपानमा समस्या आउने, दाम्पत्य सुखमा कमी, विवाद वा झमेलाबाट आज टाढारहनुपर्नेछ, यात्रा गर्दा सावधान रहुनुहोला । लगानी वा सापट लेनदेनको लागि आज दिन ठीक छैन ।



























