CG Electronics
IME Life
NIMB

चट्यांग गतिमा बढ्यो सेयर,एकैदिन यसरी बनायो तेहेरो कीर्तिमान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । पछिल्लो समय सेयर बजारले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । आइतबार मात्र नयाँ रेकर्ड कायम गरेको नेप्सेले आज एकैदिन ३ वटा नयाँ रेकर्ड बनाएको छ ।

गतवर्ष कोरोना कालदेखि उकालो लागेको बजार त्यसयता निरन्तर बढिरहेको छ । करिब १ वर्षको अवधिमा नेप्से झन्डै साढे दुई गुणाले बढेको छ ।

कोरोनाका कारण देशको अर्थतन्त्र ठप्पप्रायः हुँदा अन्य क्षेत्रमा लगानी हुन नसक्दा लगानीकर्ता सेयर बजारमा होमिँदा बजारले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको जानकारहरु बताउँछन् ।

रेकर्ड नं. १ नेप्से इतिहासकै उच्च बिन्दुमा : नेप्सले २८२३ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । यसअघि आइतबार नेप्सेले इतिहासकै सर्वाधिक २८२० विन्दुको रेकर्ड बनाएको थियो ।

रेकर्ड नं. २ एकैदिन सर्वाधिक कारोबार : नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि नयाँ रेकर्ड बनाएको छ । एकै दिन झन्डै १३ अर्ब १७ करोडको कारोबार हुँदै नयाँ कीर्तिमान बनाएको हो । यसअघि गत जेठ ५ गते हालसम्मकै सर्वाधिक ११ अर्ब ९५ करोडको कारोबार भएको थियो ।

रेकर्ड नं. ३ सर्वाधिक कित्ता सेयर कारोबार : सूचक र कारोबार रकम रेकर्ड कायम गरेको दिन सेयर सर्वाधिक कित्ता सेयर कारोबारको रेकर्ड पनि बनेको छ । आज एकै दिन २ करोड ७१ लाख बढी कित्तासेयर कारोबार भएको छ । यो हालसम्मकै सर्वाधिक हो । यसअघि गत जेठ ५ हालसम्मकै सर्वाधिक २ करोड ५१ लाख बढी कित्ता सेयर किनबेच भएको थियो ।

यस्तै, बजारले रेकर्डैरेकर्ड बनाएको दिन सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ३९ अर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । यो देशको कुल जीडीपीभन्दा पनि बढी हो ।

आज सेयर बजार मापक सूचक नेप्से ३.०५ अंकले बढेर २८२३.०५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँ बराबरको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियालीे छाएको छ भने ८ समूहको परिसूचक राताम्मे बनेका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १९६.६४ अंकले बढेको छ भने व्यापार समूह ५७.६ अंकले घटेको छ ।

आज कारोबारमा आएका २१६ कम्पनीमध्ये ९० कम्पनीको सेयर मूल्य बढेको छ भने ११० कम्पनीको मूल्यमा गिरावट आएको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एचआइडीसीएलको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यससँगै एचआइडीसीएल एकैदिन १ अर्ब बढी कारोबार हुने तेस्रो कम्पनी बनेको छ । यसअघि नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको एकैदिन १ अर्ब बढीको कारोबार भएको थियो ।

कारोबार रकमकै आधारमा नेको इन्स्योरेन्स ३७ करोड र नेपाल पुनर्बीमा कम्पनीको २८ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

झिनो अंकले बढेको बजारमा ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वरुण हाइड्रोपावर, युनाइटेड इदीमार्दी र माउन्टेन हाइड्रोका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंकको पनि सेयर मूल्य ९ प्रतिशत धेरैले बढेको छ ।

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...