महालक्ष्मी विकास बैंकले ल्यायो आकर्षक ब्याजदर
Monday May 24, 2021
वि.सं.२०७८ जेठ १० सोमवार २१:२६

काठमाडौं । महालक्ष्मी विकास बैंकले आकर्षक ब्याजदरको वैभब बचत खाता ल्याएको छ । बैंकले आफ्नो २७ औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक ५।५० प्रतिशत ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको हो ।
कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइन मार्फत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्ने बैंकले जनाएको छ ।



























