२५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदै
Wednesday May 26, 2021
वि.सं.२०७८ जेठ १२ बुधवार ०८:३७

काठमाडौं ।२५६५औं बुद्व जयन्ती तथा किराँत समुदायको उभौली पर्वको अवसरमा समस्त नेपालीहरूले देशभर मनाइँदैछ ।
भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतम बुद्व भगवानले विश्व ज्ञान र शान्ति स्थापनाका लागि पुरयाउनु भएको योगदानको स्मरण स्वरुप आज जेठ १२ गते २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वा ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६५ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाइदै छ। कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको नित्य पूजा लगायत विधि मात्र पूरा गरिने जनाइएको छ ।
गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले बुद्ध जयन्ती घर घर एवं चैत्य, गुम्बा, बिहारलगायत स्थलमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो ।
लुम्बिनी, स्वयम्भू, बौद्ध,नमोबुद्व,रामग्राम,देवदह लगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । यी स्थलमा सीमित धर्मगुरु बसेर पूजा पाठ गरी पर्व मनाउने निर्णय भएको छ । बौद्ध क्षेत्रका सङ्घ संस्थाको बैठकले बौद्ध चैत्यमा पूजापाठमात्र गर्ने निर्णय गरेको काठमाडौँ महानगरपालिका वडा नं। –६ का वडाअध्यक्ष दीपेन्द्रकुमार लामाले जानकारी दिनुभएको छ ।
श्री बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध तथा मेलम्ची घ्याङ गुठी बौद्व तामाङ कल्याण गुठी लगायत संस्थाद्वारा बौद्वनाथ स्तुपामाआज सीमित व्यक्तिकाबीच पूजा आराधना गर्ने कार्यक्रम तय भएको छ ।
समितिका कार्यकारी निर्देशक वसन्तकुमार लामाले भक्तजनलाई घरमै बसेर बुद्ध जयन्तीको पूजा, पाठ, ध्यान, दीपावली गर्न आह्वान गरिएको बताउनु भयो । सामान्य अवस्थामा हजारौँको मानिसको सहभागितमा शोभायात्रा सहित बुद्ध जयन्ती पर्व मनाइन्थ्यो ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६५ वर्षअघि लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन भगवान सिद्धार्थ गौतम ९गौतम बद्व० को जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो र २९ वर्षको उमेरमा मध्यराती दरबार छोडी ज्ञान प्राप्ति र तपस्याका लागि निस्कनुभएको थियो ।
इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्धगयास्थित पीपलको रुख ९बोधिवृक्ष० मुनि ज्ञान९बुद्धत्व० प्राप्त गर्नु भएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको थियो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाउनुभएको ज्ञान हो ।
सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग बुद्वत्व ज्ञान हुन् भनी उहाँले ज्ञान बाँड्नुभएको थियो ।
यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरुलाई प्रवचन ९धर्मदेशना० का माध्यमबाट बाँड्नुभएको थियो । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उहाँले महापरिनिर्वाण ९मृत्यु० दुस्खत निधन भएको भयो ।
विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिनुभयो । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ ।
वि।संं। २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । वि।सं। २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।
विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ ।
यिनमा बेलायतबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको ‘एसियाको ज्योति ९१८७९०’, तत्कालीन भारतीय संविधान मस्यौदा समितिका अध्यक्ष डा।बाबा साहेब अम्बेडकरको ‘बुद्ध र उनको धम्म९१९५७०’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हेर्मन हेस्सेको ‘सिद्धार्थ ९१९२२०’ प्रसिद्ध छन् । यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाले ‘बुद्धिस्ट डिक्सनरी’ ९१९५००, ‘विश्वमा बुद्ध’ ९१९०६०, फ्रान्सका डा।वाल्पोला राहुलको ‘बुद्धको विचार’ ९१९५९०, इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ ९१९६९० आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
विश्वका अति प्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययन हुँदै आएको छ । यसैगरी नेपालको त्रिभुवन, नेपाल संस्कृत, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतले पनि बौद्ध दर्शनमा स्नातकोत्तर ९एमए० को अध्ययन अध्यापन गर्दै आएका छन् ।
बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिनुभयो जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् । सम्राट् अशोकले ई।पू। २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ ।
तत्कालीन वेस्टर्न कमान्डर जनरल खड्गशम्शेर राणाले शिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखि पुरातत्व विशेषज्ञ डा।फुररको सहयोगमा स्तम्भ संरक्षण गरिएको थियो ।
सन् १९५६ मा चौँथो विश्व बौद्ध मातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको हो ।
बुद्ध जन्मिएको नेपाललाई विश्वमा चिनाउन विसं २०७० को अन्तिमतिर एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जानुभएका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नेपालका साथै एसियाका भारत, म्यान्मार, श्रीलङ्का, थाइल्याण्ड, हङ्कङ्, मङ्गोलिया, भुटान, सिङ्गापुर लगायत देशलाई समेटेर बौद्ध परिपथको प्रस्ताव गर्नुभएको थियो । प्रस्तावलाई धेरै देशले समर्थन समेत गरेका थिए । तर यसले अझै साकार रुप भने लिएको छैन ।
नेपालमा पनि लुम्बिनी, स्वयम्भू, बौद्ध, मणिचुड, नमोबुद्ध, हलेसी लगायत बौद्ध तीर्थस्थललाई समेटेर बौद्ध परिपथको प्रस्ताव काठमाडौ क्षेत्र नं।३ ख का प्रदेश सभा सदस्य तथा बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलले संसद् दर्ता गराउनु भएको थियो । संसदमा यो प्रस्ताव दर्ता भएपछि यस विषयमा बहस भएपनि यसले मूर्तरुप भने लिन सकेको छैन।




























