CG Electronics
IME Life
NIMB

प्राधिकरणको दावी निषेधाज्ञामा पनि विद्युत् खपतमा वृद्धि

NIMB
Himalayan Bank

काठमाडौं । कोरोना महामारी नियन्त्रणमा लागि सरकारले देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएपनि विद्युत् खपतमा भने सुधार आउन थालेको छ । निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प हुँदा पनि विद्युत् खपतमा वृद्धि भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

गत वर्ष देशव्यापी लकडाउन हुँदा दुई करोड युनिटभन्दा कम विद्युत् खपत भएको थियो । अहिले भने त्योभन्दा २५ प्रतिशत बढी अर्थात् दैनिक दुई करोड ५० लाख युनिटमाथि विद्युत् खपत भइरहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । हाल देशभर दैनिक दुई करोड ६५ लाख युनिट विद्युत् माग रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका आयोजनाहरुबाट ७७ लाख युनिट ऊर्जा उत्पादन भइरहेको छ । यस्तै, निजी क्षेत्रका आयोजनाबाट ६८ लाख युनिट र भारतबाट एक करोड २० लाख युनिटसम्म विद्युत् आयात भएको प्राधिकरणको भनाइ छ ।

ऊर्जा खपत मात्र नभएर विद्युत्को उच्चतम माग पनि एक हजार तीन सय दुई मेगावाट पुगेको छ । दुई हप्ताअघिसम्म उच्चतम माग ११ सय मेगावाट आसपास मात्रै थियो ।

अर्थात् पछिल्लो १५ दिनमा विद्युत् माग दुई सय मेगावाट हाराहारीले वृद्धि भएको हो । अहिले औद्योगिक क्षेत्रमा पनि विद्युत् खपत बढेको र तराईमा गर्मी बढ्दा घरायसीतर्फको उपभोग पनि केही बढेकाले समग्र खपतमा उल्लेख्य सुधार भएको प्राधिकरणले जनाएको छ ।

यस्तै स्वास्थ्य संस्थाका साथै विभिन्न स्थानमा थपिएका अक्सिजन प्लान्ट चौबिसै घण्टा सञ्चालन हुँदा पनि विद्युत् खपत बढेको प्राधिकरणको अनुमान छ ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...