CG Electronics
IME Life
NIMB

पाथिभारा माताको दर्शनसँगै जेष्ठ १३ गतेको राशिफल

NIMB
Himalayan Bank

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दिन मध्यम छ, सावधानी अपनाउनुपर्ने दिन छ । कष्टदिने, खर्चबृद्धि वा दुरुपयोग, हुने, काममा जाँगर नचल्ने, प्रत्येक कार्यमा बिलम्ब आउने हुन्छ, क्रोध गर्न मन लाग्ने, पितृ विकार, नेत्र पिडा वा नजिकको मान्छे व्दारा अनाद र प्राप्त हुनसक्छ ।

वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

हानीनोक्सानी हुनसक्ने भएकोले विशेष सावधानी राख्नुपर्ने बेला । मानसिक अशान्ति बढनसक्छ, कष्ट पर्नसक्ने । राति ढिलो सुत्ने समस्या छ भने त्याग्नुहोला, स्वास्थ यस्थिति बेलुकीसम्ममा सुधारोन्मुख हुनेछ, भाइबहिनी, घरायसी कामदार वा कम उमेरको व्यक्तिहरुबाट भने सचेत रहनुहोला ।

मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)

गरिएका प्रयासहरुले विविध लाभ दिनेछ । मित्र भेटको सम्भावना वा मित्रबाट फाइदा पाइने । उत्तम भोजनमा समय बित्नसक्छ । परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । कुनैपनि नयाँ कार्य वा महत्वपूर्ण कार्य हुन सक्ने सम्भावना छ ।

कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दिन शुभ रहनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन खोजिरहनुभएको छ भने समय राम्रो छ । पिता लगायत आफुले मान्नुपर्नेहरुको सहयोग प्राप्त हुने, तथा सरकारी कामकाजमा सहयोग मिल्ने वा काम बन्ने योग छ । चोटपटकको विशेष ख्याल राख्नुहोला । विद्यार्थीहरुको लागि समय राम्रो छ ।

सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रतिष्ठा हानी हुने सम्भावना । नजिकका मान्छे वा आफन्तहरुसँग बिनाकारण मनमुटाव हुने भएकोले सचेत रहनुपर्नेछ । अचल सम्पत्ति वा महँगो सामान आदि लिने विचार गर्नुभएको छ भने आज नलिनुभएमा राम्रो । विदेश यात्रा, अध्ययन सम्बन्धि कार्यको लागि भने आजको दिन शुभ छ, निरर्थक भ्रमणबाट बच्नुहोला ।

कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सावधानी अपनाउनुपर्ने समय छ । अप्रत्यासित प्रतिकूल घटनाहरु हुनसक्छन । धनमाल सामान आदि बिग्रने, हराउने वा चोरी हुने सम्भावना छ । बनिसकेको काम बिग्रने, शारिरिक कष्ट हुने, चोट लाग्ने, रोगले सताउने, चिन्ता पर्ने, खर्च बढने, मनमा केही कुराको डरले सताइरहनेछ । विवाद, कलह र झगडा आदिबाट आज बच्नुहोला ।

तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

भौतिक सुख, वैवाहिक तथा प्रेमसम्बन्धमा सुखद अनुभूति हुने, प्रशंसा, सम्मान, सत्कार, उत्तम भोजनको योग, व्यापारिक फाइदा, पार्टनरशीपमा व्यवसायमा लाभको स्थिती बन्ने, शत्रुहरु निसहाय हुनेछन । व्यापारव्यवसायमा निवेश हुने योग छ । नशा सम्बन्धी समस्यालाइ बेवास्ता नगर्नुहोला ।

वृश्चिक–SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समय सुखमय बित्नेछ । दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, रोगनाश, शत्रुनाश, आर्थिकलाभ, धनलाभ, परिक्षा प्रतियोगीतामा विजय प्राप्ति । सन्तानपक्षको विशेष ख्याल गर्नुपर्नेछ । व्यापार व्यवसायमा जन्मस्थानभन्दा बाहिरको व्यक्तिको सहयोग वा साथ लिनुभएको खन्डमा लाभ मिल्नेछ, गलत व्यक्ति र सम्बन्धबाट भने टाढै बस्नुहोला ।

धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सचेत हुने समय छ । कर्म गतिरोध र विध्न बाधा व्यवधानहरुको सम्भावना छ । एकाग्रतामा कमी, मन चन्चल र अस्थीर हुनेछ । मानसिक अशान्तिले व्याकुल बनाउन सक्छ । धन हानी हुने योग रहेकोले लगानी वा खर्च गर्दा ध्यान पुरयाउनुहोला । विद्यार्थीहरुले बिशेष मेहनत गर्नुपर्नेछ अन्यथा पढाइमा समस्या आउनेछ ।

मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

विवादको योग चलिरहेकोले कलहबाट बच्ने प्रयास गर्नुहोला, शारिरिक तथा मानसिक पीडा, धनहानी, स्थाई सम्पत्ति सम्बन्धि विवाद, स्वास्थ्यमा समस्या, मनमा डरको भावना पलाउने । खर्चमा वृद्धि । व्यवसाय गतिरोधको सामना गर्नुपर्नेछ । आज कुनै लगानी नगर्दा नै राम्रो । महँगो वस्तु खरीदको लागि दिन अनुकुल छैन ।

कुम्भ–AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)

गरेको कार्यहरुमा सफलता प्राप्त हुने, नयाँ विचार र नयाँ कुराको थालनी हुने सम्भावना छ, साहसमा बृद्धि, सानो तथा छोटो दुरीको भ्रमण हुनसक्ने, बस्त्र लाभ, धन लाभ तथा उत्तम भोजनको प्राप्ति, दाम्पत्य जीवनमा सुमधुर रहने, शत्रुहरु परास्त हुनेछन् । व्यवसायीहरुलाइ दिन शुभ रहनेछ भाइबहिनी वा आफूभन्दा कम उमेरकासँग विवाद नगर्नुहोला तथा गुप्त शत्रुबाट सावधान रहनुभएमा दिन उत्तम रहनेछ ।

मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

धपेडि तथा धन हानीको योग भएकोले विशेष सावधानी राख्नुपर्नेछ । अनावश्यक खर्चमाथि नियन्त्रण राख्नुहोला । आज परिवारको लागि खर्चहुनेछ, कतैबाट पैसा लिनु छ भने निकै प्रयास गर्नुपर्नेछ । आफन्त बन्धु बान्धव बिच वैमनस्यता आउनसक्छ । पारिवारिक सुखमा कमि आउनेछ । बोल्दा होश पुरयाउनुहोला नत्र काम बिग्रन सकछ ।

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:४७

  काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’...

वि.सं.२०८३ असार १५ सोमवार ०७:१७

  बुटवल, असार २०८३ ।लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...