NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३१ आइतवार

skip this leapmotornepal (citroen)

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै पौष्टिक खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले शिक्षा, स्वास्थ्य, मानवीय सहायता, वित्तीय साक्षरता तथा अन्य सामाजिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ। यसै क्रममा समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले सातै प्रदेशमा स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।

गर्भावस्था तथा सुत्केरी अवस्थामा देखिन सक्ने कुपोषण, रक्तअल्पता (एनेमिया) तथा अन्य स्वास्थ्य जटिलताबाट आमा र नवजात शिशुलाई जोगाउने तथा यस्ता समस्याको न्यूनीकरण गर्ने दीर्घकालीन उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ।

अभियानअन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न नगरपालिका, गाउँपालिका तथा वडा कार्यालयसँग समन्वय गरी करिब १ हजार ५० जना गर्भवती तथा सुत्केरी महिलालाई प्रत्यक्ष सेवा प्रदान गरेको जनाएको छ।

शिविरमा सहभागी महिलाहरूको स्वास्थ्यकर्मीमार्फत आवश्यक स्वास्थ्य परीक्षण गरिनुका साथै तीन महिनासम्म पुग्ने स्वास्थ्यवर्द्धक तथा पौष्टिक खाद्य सामग्री वितरण गरिएको थियो।

सानिमा बैंकले आगामी दिनमा पनि समाजका लक्षित वर्गमा सकारात्मक प्रभाव पार्ने यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

हाल सानिमा बैंकका देशभर १३४ शाखा कार्यालय तथा १२७ एटीएम सञ्चालनमा रहेका छन्।

नाइमा एक्स्पोमा ग्यारोको नयाँ ‘डीटी–८६ म्याक्स’, एक चार्जमै ३०० किमीसम्म चल्ने दाबी

नाइमा एक्स्पोमा ग्यारोको नयाँ ‘डीटी–८६ म्याक्स’, एक...

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

  काठमाडौं । नेपालमा विद्युतीय दुईपांग्रे सवारीको बजार तीव्र रूपमा...

नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक, एनक्यूआई स्पोर्ट्सको मूल्य ७८ हजार रुपैयाँ घट्यो

नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक,...

वि.सं.२०८३ साउन ३१ आइतवार ०९:३४

  काठमाडौं । स्मार्ट विद्युतीय मोबिलिटी ब्रान्ड नाइयु (NIU) ले...

नाइमा एक्स्पोमा सीएफमोटोको ५ दिनमै १ सय ११ युनिट बुकिङ, २५० डुअल सबैभन्दा धेरै बिक्री

नाइमा एक्स्पोमा सीएफमोटोको ५ दिनमै १ सय...

वि.सं.२०८३ साउन ३१ आइतवार ०९:२५

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा...

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८ फाइनलिस्टसँग निर्वाण चौधरीको भेट

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८...

वि.सं.२०८३ साउन ३० शनिवार ११:०२

  काठमाडौं ।  क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल सिजन–५ का...

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...