CG Electronics
IME Life
NIMB

आजदेखि निषेधाज्ञा थप कडा खाद्यान्न पसल बन्द, खाद्यान्न चाहिएमा सम्पर्क गर्न प्रशासनको आग्रह

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाकामा निषेधाज्ञा थप कडा बनाइएको छ । यसअघि बिहान फलफूल र तरकारी पसलसँगै खाद्यान्न पसल पनि सञ्चालन हुँदै आएकामा आजदेखि एक हप्ता खाद्यान्न र किराना पसल खोल्न नपाइने भएको छ । फलफूल, तरकारी, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म मात्र खोल्न पाइने छ ।

यसअघि जारी गरिएका सवारी साधनकाका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ । यस्तै, बिहान बेलुकाको घुमघाम ९मर्निङ र इभिनिङ वाक० मा समेत रोक लगाइएको छ ।

झण्डै एक महिनादेखि सुरु भएको निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा केही सफलता प्राप्त भएको र अबको एक हप्ता थप कडाइका साथ निषेधाज्ञा लागू गरिएको तीनवटै जिल्ला प्रशासनले जनाएका छन् ।

आजदेखि २० गतेसम्म एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने विरुद्ध थप कठोर बन्ने र नमान्नेलाई जेल सजायसम्म हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

कोभिड सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ कार्यान्वयन गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन स्वास्थ्यका मापदण्ड उल्लङ्घन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी दिइएको हो । गम्भीर रुपमै प्रस्तुत हुनुपर्ने देखिएकाले अबको एक हप्ता पसलसमेत सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।

यसैबीच प्रमुख जिल्ला अधिकारी पराजुलीले यो अवधिमा कसैलाई खाद्यान्न अभाव भएमा खरिदका लागि विशेष व्यवस्था मिलाइएको पनि बताउनुभएको छ ।

कतै खाद्यान्न वस्तुको अभाव भएर खरिद गर्नुपर्ने अत्यावश्यक भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडी मार्फत पालिकाहरुसँग समन्वय गरेर व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी पराजुलीले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।

अबको एक हप्ताभित्र खाद्यान्न अभाव भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द ९९८५१३२०३१४०, विभागीय प्रमुख भीमबहादुर थापा ९९८५११३६७८५० र प्रादेशिक प्रमुख थापाथलीका ज्ञानु थापा ९९८५११२१७८८० लाई फोन गर्न सकिनेछ ।

यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ ९८५१०२२५६४, नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी ९८५१०३३३०३, विभागीय प्रमुख सवल रिजाल ९८५१११३६६०, र प्रज्वल प्रधान ९८४१३३२९९० लाई फोन गर्न सकिने काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले विज्ञप्ति निकालेर जानकारी गराएका छन् ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...