CG Electronics
IME Life
NIMB

राष्ट्र बैंकको निर्देशन संगै लघुवित्तको सेयर मूल्य घटेपछि हाइड्रोपावरमा किन झुम्मिए लगानीकर्ता ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । राष्ट्र बैंकको निर्देशन संगै लघुवित्तको सेयर मूल्य घटेपछि हाइड्रोपावरमा किन झुम्मिए लगानीकर्ता ? साताको अन्तिम कारोबार दिन बिहीबार तिव्र उतारचढावबीच सेयर बजारमा समान्य करेक्सन भएको छ । विहीबार बजार परिसूचक नेप्से १.२० अंकले करेक्सन भएर २८१५.४० अंकमा बन्द भएको छ । बजार परिसूचकमा करेक्सन भए पनि कारोबार रकममा बढोत्तरी भएको छ ।

आज नेप्सेमा हालसमम्कै उच्च १४ अर्ब ७६ करोड ८ लाख ८ हजारको कारोबार भएको छ । ४ करोड १ लाख १३ हजार ९९४ कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । यसअघि यही सोमबार १३ अर्ब १७ करोडको कारोबार भएको थियो । आज कारोबार रकमले नयाँ किर्तिमान बनाएको छ ।

बैंकले सेयर बजारमा ‘ट्रेडिङ’ गर्न नपाउने भएपछि कारोबार रकम घट्ने अपेक्षाविपरित जलविद्युत कम्पनीमा लगानीकर्ता आइरिँदा कारोबार रकमले नयाा रेकर्ड बनाएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले एक वर्षभन्दा बढी समय होल्ड गर्नेगरी मात्रै सेयर बजारमा लगानी गर्नसक्ने र लघुवित्तको सेयर बैंकहरुले किन्न नपाउने निर्देशन दिएको थियो । जसले गर्दा सेयर बजारमा सुरुवाती समयमा ठूलो गिरावट हुने संकेत देखिएको थियो ।

मंगलबार २८१६.६० अंकमा बन्द भएको नेप्से आज प्रि–ओपन सेसनमा नै ३२ अंकले गिरावट भएर २७८४.५९ अंकमा खुलेको थियो । नियमित कारोबार खुलेको ४ मिनेटमा नै ५० अंकभन्दा माथिको गिरावट भएको नेप्से लगत्तै सम्हालिएर पुनः उकालो लागेको थियो । दिनभर जस्तो उतारचढाव कायम भएको बजारमा ‘इन्ट्रा–डे’ कारोबारमा २८३६.०६ अंकको उच्च बिन्दुमा पुग्दा २७६०.८६ अंकसम्म झरेको थियो । राष्ट्र बैंकको निर्देशनले लघुवित्तमा उच्च बिक्री अर्डर देखिएको छ ।

यस्तै विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीलाई बैंकको ऋण तिर्न हकप्रद जारी गर्न दिने तयारी गरेको चर्चाले गर्दा लगानीकर्ता जलद्यिुत् कम्पनकिो सेयर किन्ने आइरिएका छन् । जसले गर्दा आज नेप्सेमा कारोबार रकमले इतिहास रचेको छ । एकातिर राष्ट्र बैंकको निर्देशनले बैंक तथा वित्तीय संस्थाले आफूसँग रहेको सेयर नाफा बुक गरेर बिक्री गरेको र अर्कोतर्फ हकप्रदको आशाले हाइड्रोपावरमा लगानीकर्ता झुम्मिदा कारोबार रकम बढेको हो ।

आज नेप्सेमा लघुवित्त उपसूचक सर्वाधिक ३.४१ प्रतिशतले करेक्सन हुँदा हाइड्रोपावर उपसूचक ४.५७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै विकास बैंंक उपसूचक पनि ३.४८ प्रतिशतले बढेको छ । यता बजारलाई लिड गर्ने बैंकिङ उपसूचक भने ०.३५ प्रतिशतले करेकसन भएको छ । यस्तै व्यापार उपसूचक सर्वाधिक ६.७२ प्रतिशत र वित्त कम्पनी उपसूचक २.२८ प्रतिशतले बढेको छ । आज कारोबार रकमको नेतृत्व जलविद्युत् कम्पनीले गरेका छन् । धेरै कारोबार हुने शिर्ष १० कम्पनीमा ८ वटा हाइड्रोपावर छन् । आज नेप्सेमा अपी पावरको सवार्धिक ४३ करोड २८ लाख ३४ हजारको कारोबार भएको छ ।

यस्तै अरुण कावेली पावरको ३७ करोड ७४ लाख १० हजार, चिलिमे हाइड्रोपावरको ३७ करोड ३ लाख १२ हजार र युनाइटेड मोदी हाइड्रोपावरको ३५ करोड ५४ लाख ५८ हजारको कारोबार भएको छ । नेपाल पुनर्बिमा कम्पनीको ३० करोड ५२ लाखको कारोबार भएको छ । सेयरमा मात्रै नभएर आज म्युचुअल फन्ड पनि उच्च कारोबार भएको छ । एनएमबी ५० म्युचुल फन्ड करिब २५ लाख इकाई किनबेच हुँदा धेरै इकाइ किनबेच हुने शिर्ष ५ मा म्युचुअल फन्ड मात्रै रहेको छ ।

आज नेप्सेमा २० कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । सेयर मूल्य बढेर सर्किट लभेलमा बन्द हुने २० वटै कम्पनी हाइड्रोपावर क्षेत्रका हुन् । यता, सेयर मूल्य घट्नेमा भने लघुवित्त कम्पनीको वर्चश्व रहेको छ । समता घरेलु लघुवित्त र मेरो माइक्रोफाइनान्सको सेयर मूल्य ५ प्रतिशत माथिले गिरावट भएको छ ।

यस्तै एनएमबी माइक्रोफाइनान्स र एआईसी एशिया लघुवित्तको सेयर मूल्य ४.८४ प्रतिशतले गिरावट हुँदा नेरुडे लघुवित्तको सेयर मूल्य ४.७३ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका ९० कम्पनीको सेयर मूल्य बढ्दा ८५ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ७ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...