मन्त्रिपरिषद् बैठमार्फत् १६ खर्बको बजेट सार्वजनिक गर्दै
Saturday May 29, 2021
वि.सं.२०७८ जेठ १५ शनिवार १८:०६

काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट करिब १६ खर्ब रुपैयाँ बराबरको बजेट पारित गरेर राष्ट्रपति कार्यालय पठाइएको छ । आज सरकारले अध्यादेशमार्फत् बजेट सार्वजनिक गर्दै छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अपराह्न ४ बजे सिंहदरबारबाट बजेट भाषण गर्ने छन् ।
नेपालको संविधानमा जेठ १५ गते अर्थमन्त्रीले संसद्मा आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण ९बजेट० प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । पूर्वअर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु तथा अर्थविदहरुले संसद् नरहेको र कामचलाउ सरकार भएको अवस्थामा जेठ १५ मै बजेट ल्याउन अनिवार्य नभएको बताउँदै आएका छन् ।
उनीहरुले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने, नयाँ कार्यक्रम समावेश गर्न नपाउने तथा करका दरहरु परिवर्तन गर्न नपाउने सुझाव दिए पनि सरकारले अध्यादेशमार्फत नै पूर्ण बजेट ल्याउने तयारी गरेको हो ।























