nic bank
Nmb bank
Machhapuchchhre Bank

पाथिभारा माताको दर्शनसँगै जेष्ठ १५ गतेको राशिफल

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सूर्यले समग्र लाभ प्रदान गर्नेछ, रोग व्याधिबाट मुक्ति पाइने, मानसम्मान प्रशंसा प्राप्ति, आर्थिक स्थितीमा सुधार, रुचिकर भोजन हुने, नयाँ पद वा जिम्मेवारी प्राप्त हुने, मुद्दा, मामिला लगायत अदालती कामकारवाही तथा सरकारी कामहरुमा सफलता मिल्ने, वृद्धजनहरुको आशिर्वाद र सहयोग मिल्ने, मागंलिक कार्यहरु सम्पन्न हुने तथा मित्रहरुको सहयोग प्राप्त हुने योग छ ।

वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

ठुलठुला कामहरु बन्ने छन्र आर्थिक स्थिीतिमा सुधार । सामाजिक तथा सरकारी प्रतिष्ठा प्राप्ति, इच्छा अनुसारको खानपान हुने, नयाँ कामको थालनी हुने, वा नयाँ पद वा जिम्मेवारी पाइने, पिता तथा पितासरहका जेष्ठनागरिकहरुबाट आशिर्वाद र लाभ प्राप्त हुने, राज्य प्रशासनमा अडकिएका कामहरु बन्ने वा उनीहरुबाट सहयोग पाइने । मित्रहरुले मनग्गै सहयोग गर्नेछन् । समग्रमा महिना उत्तम रहनेछ ।

 

मिथुन राशीवालहरुलाइ कुन्डलीमा सूर्यको दशा चलिरहेको छ भने एकचोटि चिना देखाउन सुझाव दिन्छु । गरेका कार्यहरुमा अपयशको भागि बन्नुपर्ने अथवा झुठो लान्छना दोष लाग्न सक्ने, मित्र तथा बन्धुहरुसँग मत भिन्नता वादविवाद उत्पन्न हुने । घर बाहिरका बसाइ हुने, धार्मिक कुरामा सहभागी हुने वा रुचि जाग्ने, ठूलाठूला व्यक्तिहरुसँग सम्पर्क हुने योग पनि छ । कसैकसैलाई टाढाको भ्रमण पनि हुनसक्छ ।

कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

हानीनोक्सानी, रोग, कलह, झगडा, विवाद, झमेलाहरु आइलाग्ने, पत्नि तथा सन्तानलाइ कष्ट पर्ने, नखाएको विष लाग्ने, आरोप लाग्ने सम्भावना छ, स्वास्थ्यको विशेष ख्याल राख्नुपर्नेछ । खासगरि पाइल्स, गर्मी लगायत रगतसँग सम्बन्धित समस्याले सताउन सक्छ । सरकारी भय वा सजाय, मुद्दा मामिला लाग्न सक्ने, दन्ड जरिवानामा परिने योग छ । सावधान रहनुहोला ।

 

गरेका कार्यहरु सफलत हुनेछन् तर अत्यधिक लाभ भने मिल्ने छैन । अधिक यात्रा तथा भ्रमणहरु हुन सक्नेछन । पारिवारिक सुखमा कमी आउने, विषम मार्गमा हिँडनुपर्ने वा पत्निलाई कष्ट पर्ने अवस्था आउन सक्ने योग छ । धनहानी, मानहानी, मनको अशान्ति, सरकारी अडडा कार्यालयहरुमा जानुपर्ने, सन्तानसँग मत भिन्नता आउने वा उनीहरुको व्यवहारबाट मन खिन्न हुने, विद्यार्थीहरुलाई मेहनत अनुसारको फल प्राप्ति हुनेछ ।

कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

गरेका कार्यहरु सफल हुने, रोग नाश भइ आरोग्य लाभ मिल्ने, शत्रु पराजय, सरकारी जागीर वा अन्य जागिर खोजिरहनु हुनेहरुले सफलता पाउने योग छ । सत्ता र राजनितिमा लाग्नेहरुलाइ यश मान मिल्ने, कानूनी विवादमा हुनेहरुको पक्षमा फैसला आउँछ । स्वास्थयका भने विशेष ख्याल गर्नुपर्नेछ । शत्रु जनित पीडाबाट मुक्ति पाइनेछ । आफनो अन्डरमा कामगर्नेहरुबाट लाभ पाइने योग छ ।

तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशी वालाहरुलाइ चिनामा यदि सूर्यकै दशा चलेको छ भने अलिकति अप्ठयारो हुनेछ । आफनो र परिवारको रोग र स्वास्थ्य सम्बन्धि समस्यामा जेलिनुपर्नेछ । सन्तानहरुलाइ कष्ट पर्ने, शत्रु जनित पीडाले सताउने, मान प्रतिष्ठामा कमि आउने, भाइहरुसँग मतभेद हुनसक्ने, व्यवसाय तथा कार्य क्षेत्रमा झमेला तथा अवरोध आउने तथा मनमा चिन्ता पर्ने सम्भावना छ ।

वृश्चिक–SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारिक तथा गृहसुखमा कमि आउने, अचल सम्पत्तिको विषयले कष्ट पाइने, तनाव दिनेछ, सुखको साधन हुँदाहुँदै पनि सुख उपभोग गर्न नपाइने अवस्था आउँनेछ, सामाजिक क्षेत्रमा अपमान, घर तथा वाहनको कारणले कष्ट, व्यवसायमा घाटा, वैवाहिक जिवनमा समस्या आउनेछ, कसैकसैको सम्बन्ध विच्छेद हुने अवस्था पनि नआउला भन्न सकिन्न दुर्घटना वा घाउ चोटपटक लाग्न सक्ने भएकोले सचेत रहनुपर्नेछ, विवाद, मनमुटाव र झगडाको स्थितीबाट भने यो महिना बच्नुहोला ।

धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पराक्रम बढने, सुख शान्ति पाइने, कार्य क्षेत्र, विजनेस आदिसँग सम्बन्धित यात्राहरु ज्यादै लाभदायक हुने छन, नोकरीको क्षेत्रमा अधिकार वा पदको प्राप्तिको योग बनेको छ, धन लाभ हुने, मानसिक तथा पारिवारिक सुख पाइने, शत्रुहरु पराजित हुनेछन, पदोन्नति तथा प्रतिष्ठा प्राप्त हुने योग चलेको छ, उत्तम स्वास्थ्यस्थिती रहने तथा पितासँग राम्रो सम्बन्ध बन्ने वाला मिल्ने सम्भावना बनेको छ, सन्तानहरुप्रति लगाव र आत्मियता बढने, शत्रुहरु नाश हुने तथा भाग्यको सहयोग पाइने ।

मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशी वालाहरुलाई सूर्यको गोचरले यो महिना अलि चिन्तित बनाउन सक्नेछ, दुख पाइने, धोखा धडीको शिकार हुनुपर्ने, निरर्थक डर र चिन्ता परिरहने, पारिवारिक कलह विवाद वा संकट बढने, व्यापार व्यवसायमा धेरै समस्याहरु आउने, घाटा हुने, धन तथा सुखमा कमी आउने, परिवारमा कसैलाई संकट पर्ने, शोक पर्ने, अथवा शिर, घाँटी आँखा सम्बन्धि समस्याहरु उत्पन्न हुनसक्ने, बोलि वचन कठोर हुनसक्ने वा रिस उठिरहने वा झर्को लागिरहने हुनसक्छ ।

कुम्भ–AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)

धन हानी हुने, क्रोध, रोग दुखद प्रवास, स्थान परिवर्तन, शारिरिक थकावट, स्वास्थ्य हानी, हृदय रोग, आँखा, अनुहार, पेट सम्बन्धि समस्या आउने, झर्को लागि रहने, अपमानित हुनुपर्ने, आफ्ना सहकर्मी तथा मित्रहरुसँग विवाद तथा मनमुटाव हुने योग छ, सम्बन्धहरु बिग्रेर मन अमिलो हुनसक्छ । ईच्छाको विरुद्ध यात्रा वा भ्रमण हुन सक्ने योग पनि छ । दाम्पत्य जिवन तथा व्यापार व्यवसायको हकमा भने परिणाम शुभ फलदायक हुनेछ ।

मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सरकारी जागीरको लागि वा अन्य कुनैपनि नोकरीसँग सम्बन्धित तयारी गरिरहनुभएको छ भने सोचे अनुसार नै काम बन्नेछ, शत्रुहरु कमजोर हुनेछन्, यात्रा, भ्रमण आदिहरु गर्नुपर्ने अवस्था आउन सक्छ अथवा कामको धपेडि पर्न सक्छ, गरेका आँटेका कार्यहरुमा व्यवधान आउन सक्ने तथा धनको अपव्यय हुने सम्भावना भएकोले सावधान रहनुहोला, अनियन्त्रित खर्च र आँखा सम्बन्धि चाँही विशेष सर्तक रहनुहोला । कुसंगतमा फसिने र धनको अत्यधिक खर्च हुने योग छ ।

याडियाको जि-६ विद्युतीय स्कुटर सार्वजनिक

याडियाको जि-६ विद्युतीय स्कुटर सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १३:०४

काठमाडौं । बजारमा याडियाको जि-६ विद्युतीय स्कुटर सार्वजनिक भएको छ...

एभरेष्ट बैंकद्वारा ‘ग्लोबल मनि विक-२०२४’ कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकद्वारा ‘ग्लोबल मनि विक-२०२४’ कार्यक्रम सम्पन्न

वि.सं.२०८० चैत १४ बुधवार ०२:२९

काठमाडाैँ । नेपाल राष्ट बैंककको संयोेजनमा विगत वर्षहरूजस्तै यस वर्षपनि...

नर्सरी व्यवसायको प्रवद्र्धनका लागि हर्टिकल्चर एक्स्पो हुने

नर्सरी व्यवसायको प्रवद्र्धनका लागि हर्टिकल्चर एक्स्पो हुने

वि.सं.२०८० चैत १३ मंगलवार २०:०४

  काठमाडौं । नर्सरी व्यवसायी संघले नर्सरी क्षेत्रको एकिकृत महाकुम्भ...

भलिबलको उपाधि नौकुण्ड युवा समाजलाइ

भलिबलको उपाधि नौकुण्ड युवा समाजलाइ

वि.सं.२०८० चैत ८ बिहीवार ०८:३५

रसुवा । प्रथम रसुवा नेकोस कप खुल्ला जिल्ला स्तरीय पुरुष...

गलेश्वर आश्रम सञ्चालक समितिमा १३ जना मनोनीत

गलेश्वर आश्रम सञ्चालक समितिमा १३ जना मनोनीत

वि.सं.२०८० चैत २ शुक्रवार ०५:५४

  काठमाडौं । पवित्र धार्मिकस्थल देवघाटस्थित गलेश्वर आश्रमको महामण्डलेश्वर स्वामी...

समृद्ध ताप्लेजुङका लागि पाथीभरामा केवलकार बनाउने वातावरण बनाइदिन निजी क्षेत्रद्वारा संयुक्त अपिल

समृद्ध ताप्लेजुङका लागि पाथीभरामा केवलकार बनाउने वातावरण...

वि.सं.२०८० चैत १ बिहीवार १७:०४

  ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६ वटा संघसस्थाले पाथीभरा...